बिहीबार, माघ ४ २०७४ | Thu, January 18, 2018
नेपालको समय: २१:२४ | Washington DC: 10:39

भर्जिनियामा हुने ओम विक्रम विष्ट सांस्कृतिक कार्यक्रममा स्वयम् कलाकार पनि उपस्थित हुने

नेपाली पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराब भएर उपचारको क्रममा हुनहुन्छ । वहाँको मृगौला प्रत्यारोपण गर्न ५० हजार डलर लाग्ने अनुमान गरिएको छ । केहि रकम जम्मा भइसकेको र नपुग रकमको लागि ईनास अमेरिकाले वासिंगटन डि सि मेट्रो एरियाको टाईसन कर्नरमा पप सम्राट ओम विक्रम विष्ट स्वास्थ्य उपचार सहयोगार्थ सांगितिक तथा सांस्कृतिक कार्यक्रम यहि जनवरी २०, २०१८ बेलुका ५ बजे देखि ८ बजे सम्म गर्ने कार्यक्रमको तय भईसकेको छ ।

उक्त्त कार्यक्रममा राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानिय नेपाली कलाकारहरु द्धारा विविध साँस्कृतिक प्रस्तुती गरिने छ । उक्त कार्यक्रममा पप सम्राट ओम विक्रम विष्टको पनि उपस्थित रहने छ ।

पत्रकारहरुले विश्वको कुनै पनि ठाँउमा बसेर आफ्नो दिमाग र कलम प्रयोग गरेर समाजका राम्रा नराम्रा कामहरुलाई जनमानस विच पुराएर सुमार्गमा डोरियाउने महत्व पूर्ण काम गरिरहेको देखिन्छ । साथै समाजका विभिन्न सँस्थाहरुले पनि समाजमा भएका दुःख, खुःशी, सहयोग साथै चार्ड पर्वहरुको वारेमा काम गरिरहेका हुन्छन् । कति राम्रा कुराहरु समाजमा रहेका सबै व्याक्तिहरु माझ नपुगेको हुन पनि सक्छ ।

यसै अनुरुप हाम्रा पप सम्राट ओम विक्रम विष्टले ल्याउनु भएको नेपाली संगीतमा नयाँ आयाम अविश्मरणीय छ ।

वहाँले नेपाली संगीत क्षेत्रमा गर्नु भएको ४ दशक भन्दा वढी समयको मुल्याकंन तथा मध्यनजर गर्दै ईनास अमेरिकाले जिउँदो सष्टालाई सन्मान गरौ भन्ने नारा सहित यस आपतकालिन समयमा वहाँको स्वास्थ्य उपचारर्थ सहयोग कार्यक्रम तय गरेको जानकारी गराउदछौ ।

यस कार्यमा हामी सबै जना उपस्थित भएर वहाँ प्रति माया सदभाव देखाउन सकेको खण्डमा हामी नेपालीहरुको लागि अविश्मरणीय समय हुनेछ । यस कार्यलाई सफल बनाउन तपाई तथा तपाईको संस्थाको महत्व पूर्ण भुमिका रहने छ ।

यस महान पुन्य कामलाई तपाईको व्याक्तिगत, सामाजिक तथा व्यवसायिक कर्तव्य संम्झी कार्यक्रमको प्रचार प्रसार तथा यस कार्यक्रमको समचार सप्रेषण गरिदिन हुन विनम्र अनुरोध गर्दछौ ।

धन्यवाद

कृष्ण श्रेष्ट

सचिव ईनास अमेरिका
नोट : जानकारी रहोस पप सम्राट ओम विक्रम विष्टको सहयोग संकलनको लागि नयागलमmभ ब्अअयगलत पनि संचालन गरिएको छ ।
तपाईले यस मार्फत पनि सहयोग गर्न सक्नु हुन्छ ।

https://www.gofundme.com/saveombikrambista
Venue: MBC, Smith Center
Address: 8925 Leesburg Pike, Vienna, VA, 20182
Date: January 20, 2018
Time: 5:00 PM to 8:00 PM
Event : https://www.facebook.com/inasusa/posts/251337798734017

२०७४ पुष २९ गते २:१५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी