संविधान निर्माण गर्नेहरुलाई नै संवैधानिक व्यवस्था बारे थाह छैन नियम, ऐन र कानुन

इनेप्लिज २०७४ पुष २९ गते ६:२० मा प्रकाशित

नेपाली नागरीकहरुमा स्थानिय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन भन्दा पहिले उत्सुकता र हर्षउल्लास थियो । अब निर्वाचन आयो स्थानिय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पश्चात् तत्काल मुलुकले गति लिन्छ र मुलुकले निकास पाउँछ भन्ने जनमानसमा ठुलो आत्म विश्वास थियो । नेपाली नागरीकहरुले लोकतान्त्रीक गठवन्धन र बामगठवन्धन जसको बहुमत पुग्न आउँछ दुई गठवन्धन मध्ये एकले निर्वाचन पश्चात् तत्काल सरकार बनाउँछ भन्ने आत्मविश्वास गरेका थिए । नेपाली नागरीकहरुको राजनितिक दलका नेताहरु प्रतिको आत्मविश्वास खेर गयो । नेपाली नागरीकहरुले जुन अपेक्षा गरेका थिए त्यस अनुसारको काम निर्वाचन पश्चात् पनि राजनितिक दलका नेताहरुबाट भई दिएन । निर्वाचनको समयमा खोक्रा नारा, झुठा चुनावी आश्वासन, झुठा चुनावी घोषणा पत्र र झुठा एजेण्डा मात्र दिँदा रहेछन् ।

ड्राईभरको ठाउँमा सिकारु खलासीलाई गाडी चलाउन दियो भने दुर्घटना गराउँदछ । त्यस्तै हाम्रो मुलुकका राजनितिक दलका नेताहरु खलासी हुन । जे निर्णय पनि हतार–हतार र हचुवाको भरमा गरेर सफलता मिल्छ ? निशाना ठिक सँग लाग्यो भने लाग्यो नत्र अन्धाधुन्द गोली बर्षाए भने जस्ता कामहरु राजनितिक दलका नेताहरुबाट भई रहेको छ ।

हाम्रा मुलुकका राजनितीक दलका नेताहरु र संविधान निर्माण गर्ने सभासद् (सांसद) हरुलाई राष्ट्रियसभा गठन कसरी र कसले गर्ने ? प्रेदशसभाको सांसदहरुलाई सपथ ग्रहण गराउने कसले ? प्रदेश प्रमुख नियुक्ति कसरी र कसले गर्ने ? प्रदेशको राजधानी कसले तोक्ने ? संविधान बमोजिम मुलुकको नियम, ऐन र कानुन नै थाहा छैन । संविधान निर्माण गर्नेहरुलाई नै संविधानको नियम, ऐन, कानुन र संवैधानिक व्यवस्था बारे थाहा छैन÷अनभिज्ञ छन् ।

हाम्रो मुलुकका राजनितिक दलका नेताहरुबाट मुलुकले निकास पाउँछ भनी हामी नेपाली नागरीकहरुले आशा राख्नु अकल्पनीय र व्यर्थ छ । राजनितिक दलका नेताहरुलाई संविधानले कसलाई के–के गठन गर्ने र तोक्ने अधिकार दिएको छ भन्ने कुरा नै थाहा छैन । हालमा आएर प्रदेश प्रमुख नियुक्ति र प्रदेश राजधानी तोक्न राजनितिक दलका नेताहरुलाई कठिनाई र हम्य–हम्य÷हम्मे–हम्मे परेको छ ।

यस्तो अवस्था हाम्रो मुलुकमा किन आयो भने प्रमुख कारण नेपाली नागरीकहरुमा चेतनाको कमी छ । राजनितिक दलका नेताहरुमा के सोंच छ, भने हामीले मुलुकमा जे गरे पनि नेपाली नागरीकहरुले आखिरमा भोट हाल्ने र जिताउने हामीलाई नै हुन भन्ने आत्मविश्वास छ । जबसम्म नेपाली नागरीकहरुमा सहि चेतनाको विकास हुँदैन तबसम्म हाम्रो मुलुकमा राजनितिक अराजकता र अस्थिरता रहि नै रहन्छ ।

अन्य मुलुकहरुमा नागरीकहरु राष्ट्रका लागि मरिमेट्ने गर्छन् तर हाम्रो मुलुकका नागरीकहरु राजनितिक दल (पार्टी) का लागि मरिमेट्ने गर्छन् । राजनितीक दलका नेताहरुले जस्तो सुकै गल्ती गरेपनि नेपाली नागरीकहरुले गल्ती औंल्याउन सक्दैनन् र ढाक छोप गर्ने चलनले हाम्रो मुलुकको अवस्था जर्जर हुन पुगेको छ ।

स्वतन्त्र नेपाली नागरीकः
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२
मो.नं.९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया