१४ औ पटक अनसनमा बसेका डा. गोविन्द केसीले सरकारसँग ५ बुँदे सम्झौता गरे पछि आमरण अनसन अन्त्य गरेका छन् । तर प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिए ।
डा केसीले शिक्षण अस्पताल बाहिर गोरेटो (फुटपाथ)मा विगत ४/५ वर्षदेखि जुत्ता सिलाउँदै आएका सिराहाका ४८ वर्षीय मोचीले फलफूल झोल खुवाएसँगै अनशन तोडेका हुन् । डा केसीले अनसन तोडेपछि निष्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ उनले भने l
निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’ पराजुलीले राजीनामा दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’ डा केसीले भने l
प्रतिक्रिया