बिहीबार, जेठ १० २०७५ | Thu, May 24, 2018
नेपालको समय: १३:३४ | Washington DC: 03:49

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेको छ l

प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ l

न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली बमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ ।

२०७४ पुष २९ गते १२:०३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी