अमेरिकाबाट हात्ती पोलो प्रतियोगितामा मेरील्याण्ड कि केमिका भण्डारीको सहभागिता

इनेप्लिज २०७४ पुष २९ गते १३:५४ मा प्रकाशित

बिजय थापा ,१४ औ हात्ती महोत्सव तथा दोस्रो हात्ती पोलो चितवन राष्ट्रिय निकुञ्ज चितवन नेपाल सौराहामा सम्पन्न भएको छ l गत डेढ दशक देखि अमेरिकामा बस्दै आएकी र हाल नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टरनेसनल कि कोषाध्यक्ष केमिका भण्डारी बिगत ३ बर्ष देखि अमेरिकाबाट नेपाल गै हात्ती पोलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई रहेकी छिन् l

उनले बर्दियामा सम्पन्न हात्ती पोलो तथा दुई बर्ष देखि लगातार चितवन मा सहभागी भै प्रथम ,द्वितीय पुरस्कार समेत प्राप्त गरि सकेकी छिन् l सम्भवत नेपाली मूलकी विदेश बाट महिला प्रतिनिधि भै सहभागी हुने भण्डारी एक मात्र हात्ती पोलो खेलाडी हुन् l

नेपालमा हरेक बर्ष मनाउदै आएको हात्ती महोत्सव हात्ती पोलो १४ बर्ष अगाडि आन्तरिक बाह्य पर्यटकहरुको आगमन होस् भनेर सुरुवात गरिएको थियो l बाह्य पर्यटकको तुलनामा धेरै आन्तरिक पर्यटकहरुको आगमन र सहभागिता भएको पाईएको छ l

यसमा हात्तीका क्रियाकलापमा हात्तीलाई छिटो छिटो हिडाउने र ठूलो जीव छिटो छिटो हिड्दा अचम्म लाग्ने हुन्छ l हात्ती पोलो प्रतियोगिता क्षेत्रीय होटल एसोसिएसनले आयोजना गरेको यो दोश्रो पटक हो l हात्ती माथि चढी माउते को सहारामा हात्तीलाई जता जता बल लानु पर्ने अथवा हान्नु पर्ने र माउते को पछाडी बसेर लामो लट्ठी जसको तल पट्टि ठेडी बनाईएको हुन्छ l त्यसको मदतले बल लाई हानिच्छ l

हात्ती पोलो खेलाइने संसार को एकदम कम खेलाइने देश मध्ये नेपाल एक हो l यस बर्ष दर्शकहरुको सहभागिता काम रहेको पाइयो भने बिदेशीहरुको मुख्य चाड क्रिसमस र नया बर्ष भएकोले कम सहभगिता रहन पुगेको छ l

कार्यक्रमको उद्घाटन प्रधान मन्त्रि शेर बहादुर देउबाले गरेका थिए भने यस्तो प्रतियोगितामा पहिलो पटक प्रधान मन्त्रीले उद्घाटन गरेका थिए l गत बर्ष पहिलो हात्ती पोलो एयर डाईनास्टी पोलो कप २०१६ नामाकरण गरिएको थियो भने यस बर्ष दोश्रो एयर एलटिट्युड पोलो कप २०१७ नामकरण गरिएको थियो l यस बर्ष पनि ६ वटा समुहले भाग लिएका थिए l

सहभागी टोलीहरूमा अमेरिका को नेपाल स्पोर्ट्स कल्चर इन्टरनेसनल,एनआइसी एसिया बैंक ,नेपा एसोसिएसन अफ टुर्स एण्ड त्रावल एजेन्ट्स ,म्याक्स प्लाई ,मेघा बैंक तथा माउन्ट एवेरेस्ट ग्रुप रहेका थिए l

उक्त हात्ती पोलो प्रतियोगतामा माउन्ट एवेरेस्ट ग्रुप (टोलि )का प्रथम ,एनआइसी एसिया बैंक दोश्रो तथा नेपाल स्पोर्ट्स कल्चर इन्टरनेसनल अमेरिका तेश्रो भएको थियो l उक्त प्रतियोगितामा मेघा चौधरी उत्कृष्ट खेलाडी ,अत्यधिक गोल गर्ने चन्द्र तामाङ्ग तथा शिष्टता खेल खेल्नेमा केमिका भण्डारी घोषित भएका थिए l

जुन खेल टोलीको नाम छ उसैले आफ्नो सौजन्य गरेका थिए भने अन्तिम दिनको खेल हेर्न दर्शकहरुको उपस्थिति खचाखच रहेको थियो l वन मन्त्रि बिक्रम पाण्डे प्रमुख अतिथि रहेका थिए l एयर एलटिट्युड पोलो कप २०१७ मा नेपाल स्पोर्ट्स कल्चर इन्टरनेसनल कि केमिका भण्डारी तेश्रो स्थान रहन सफल भएकी छिन् l उनको टोलि गत बर्ष २०१६ मा सौराहा मा सम्पन्न भएको पहिलो हात्ती पोलो एयर डाईनास्टी पोलो कप २०१६ मा प्रथम स्थान भएको थियो l

उनले बर्दियामा सम्पन्न भएको बिश्व हात्ती पोलो प्रतियोगितामा श्रीलंकाको सिलोन हात्ती पोलो संघको तर्फ बाट भाग लिदा भण्डारीको समुह दोश्रो स्थान भएको थियो l चितवन सौराहामा सम्पन्न दोश्रो हात्ती पोलो प्रतियोगिता गत पौष ११ देखि ५ (सन् डिसेम्बर २६ -३०,२०१७ ) गते सम्म संचालन भएको थियो l

 

प्रतिक्रिया