सोमबार, फागुन १४ २०७४ | Mon, February 26, 2018
नेपालको समय: ०७:१७ | Washington DC: 20:32

नासाले पपगायक ओम बिक्रम बिस्टको उपचारको लागि फेसबुक लाइव फन्डरेजिंग कार्यक्रम गर्दै ( आज जनवरी १३ )

अमेरिकाको दक्षिणपुर्बी १५ वटा राज्यहरुमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नासा(नेप्लिज एसोसिएसन अफ साउथ ईस्ट अमेरिका )ले नेपाली पप संगीतका पहिलो गायकको रुपमा चिनिएका पप सम्राट ओम बिक्रम बिस्टको उपचारको लागि फेसबुक लाइव फन्डरेजिंग कार्यक्रम गर्ने भएको छ l

आज शनिबार जनवरी १३ का दिन अमेरिकी पुर्बिय समय अनुसार बेलुकी ९ बजे सांगीतिक कार्यक्रम सहित फेसबुक लाइव फन्डरेजिंग कार्यक्रम गर्दैछ l नासाले आयोजना गर्न लागेको यस कार्यक्रम लाई सम्भवत पहिलो चोटी एकै पटक ५ वटा नेपाली अनलाइन मिडियाबाट बिश्वभरिका नेपालीहरुले प्रतक्ष्य हेर्न सक्ने कुराको जानकारी कार्यक्रम संचालक, नासाका सांस्कृतिक कमिटिका अध्यक्ष बिशाल भारतीले बताएका छन् l

उक्त सांगीतिक फन्डरेजिंग कार्यक्रममा स्थानिय गायक प्रदिप क्रिस घिमिरे र सुमन भट्टराईले पप गायक बिस्टकै आवाजमा रहेको”म मौनतामा अल्झीरहेको एउटा जीवन्त “गीतबाट कार्यक्रम सुरुवात गरि कार्यक्रम अवधी भर अन्य सांगीतिक प्रस्तुति गर्ने छन् l

कार्यक्रमको बीच बीचमा बिश्व भर छरेर रहेका नेपालीहरुलाई पप गायक बिस्टको उपचारको सहयोगको लागि अनुरोध गर्ने र कार्यक्रम चलि रहदा दर्शकहरुले प्रत्यक्ष डोनेसन पनि गर्ने भएकोले पेपल लिंक राखि सम्पूर्ण डोनरहरुको नाम कार्यक्रममा उल्लेख गर्ने कुरा नासाका बर्तमान सभापति माधव ढकालले बताएका छन् l

यस अघि पनि यस्तै फेसबुकलाइव फन्डरेजिंग कार्यक्रम गरेर कलाकार दिपक छेत्रीको उपचारको लागि रु २ लाख र अस्ति भर्खरै पुर्बी नेपालमा आएको बाढीमा १०१३ घर धुरीलाई राहत प्याकेज लगभग ७ लाख रुपैया) र ७ जना मृतक परिवारलाई रु ५०००/- को दरले रु ३५०००/- बाड्न सफल भएको कार्यक्रमका आयोजक बिशाल भारतीले बताएका छन् l

गायक ओमबिक्रम बिस्ट आफ्नो दुवै मृगौला फेल भएर यति खेर अमेरिकामा आफ्नो छोरि ज्वाईको घरमा बसेर डायलसिस गराई रहेका छन् l सामान्यता अमेरिकामा मृगौला प्रत्यारोपनको लागी ५ देखि १० वर्ष सम्म कुर्नु पर्ने भएकोले गायक बिस्ट भारतमा गइ तुरुन्त उपचार गर्न ईच्छुक रहेको र आफु संग खर्चको अभाव रहेको भनि विभिन्न संचार माध्यमबाट सबै नेपालीहरुसंग सहयोगको लागि अनुरोध गरेका थिए l

बिगत ३ दशक देखि तपाई हामीलाई पप संगीतको माध्यम बाट मनोरंजन प्रदान गर्ने यी पप गायकलाइ उपचार गर्न लाग्ने खर्च सहयोग गराउन सुमधुर आवाजले हाम्रो मन मस्तिस्क लाइ फेरि पनि संगीतमय बनाउनको निमित्त संसार भर छरिएर रहेका सबै नेपालीहरुलाईसहयोग गर्न नासा परिवार हार्दिक अनुरोध गर्दछ l

२०७४ पुष २९ गते १४:२६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी