मिस्टर एण्ड मिस मोडल चितवन आयोजना हुदै

इनेप्लिज २०७४ पुष २९ गते २३:०८ मा प्रकाशित

काठमाडौँ : चितवन जिल्लामा रहेर मोडलिङ क्षेत्रमा आउन चाहने अबिबाहित तथा बिबाहित महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले मिस्टर एण्ड मिस मोडल चितवन २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ l यस सौन्दर्य प्रतियोगिताको लागि माघ ६ गते शनिबार होटल सुप्रिम चितवनमा पहिलो अडिशन गर्न लागिएको कुरा आयोजक सस्थाले जानकारी गराएको छ l उक्त प्रतियोगिता बाट छनौट भएकाहरुलाई भबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ l जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।

प्रतिक्रिया