लायन्स क्लवको कार्यक्रममा ८७ जनाले गरे रक्तदान

इनेप्लिज २०७४ पुष २९ गते २३:४० मा प्रकाशित
चितवन ,पुष २९ गते  । पूर्वी चितवनको रत्ननगरमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । लायन्सका संस्थापक मेलिवर्न जोनको १३९ औं जन्मोत्सवको अवसर पारेर पूर्वी चितवनका १९ वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम राखिएको लायन्स क्लवका जोन चियर पर्सन सुरेशचन्द्र आचार्यले जानकारी दिए ।
लायन्स क्लवका एम्वेस्डर अफ गर्भनर दिपेन्द्र खतिवडाको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । आफ्ना संस्थापकको जन्मोत्सवको अवसर पारेर लायन्स क्लवहरुले साताहाव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको थिए । रक्तदान कार्यक्रमसंगै साताहाव्यापी कार्यक्रमको समापन भएको छ । जोन चियर पर्सन आचार्यका अनुसार साताहाव्यापी कार्यक्रममा स्टेशनरी वितरण,खाद्यान्न वितरण,स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया