संखुवासभामा जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

इनेप्लिज २०७४ पुष ३० गते १३:४९ मा प्रकाशित

पुस ३०, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा सडकबाट ९ सय मिटर तल बरूण नदी  किनारमा खसेकाे थियाे ।

 

दुर्घटनामा मृतकहरुमध्ये नुस निवासी कटुवाल र अर्का व्यक्ति साेही गाउँपालिकाकाे गाेलेचाैरका सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले  बताए ।अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाकाे टाेली घटनास्थलतर्फ गइरहेकाे उनले बताए ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।उनीहरू जिल्ला समन्वय समितिकाे अायाेजनामा भएकाे एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया