अमेरिकामा एक बर्ष भित्र आफ्नो प्रतिष्ठा(क्रेडिट) बढाउन सकिने : ५ मूल मन्त्रहरु

इनेप्लिज २०७४ पुष ३० गते १४:०९ मा प्रकाशित

विजय थापा ,आजभोली नेपाल मै बसेर अमेरिकामा गएपछि के के गर्ने भन्ने सपना बुन्ने प्रचलन आई सकेको छ l अर्थात् पूर्व योजना बनाउने सोच्न थालिएको छ l पहिले पहिले को जस्तो अमेरिका गएर मात्र के गर्ने भन्ने चलन हराई सकेको छ l यी सवै संचार माध्यम तथा सामाजिक संजालको चरम विकासको कारणको कारण हुन् गएको हो l

अमेरिकामा आउनु पूर्व नै अमेरिकाको बारेमा धेरै पत्ता लगाउने समेत गर्न थालेका छन् l यदि हामीले अमेरिका आउनु अगाडि नै जानकारी लिन सक्यौ भने अमेरिकामा जीवन सरल हुने छ l

अमेरिकामा क्रेडिट (ख्याती) अर्थात् प्रतिष्ठा को ठूलो महत्व हुन्छ l तपाई अमेरिकामा जति छिटो राम्रो ख्याती प्राप्त गर्न सक्नु हुन्छ त्यति नै तपाई सबै कुराको बाटो खुल्ने छ l यी ५ वटा मूल मन्त्रहरु स्मरण गर्नु सक्नु भयो र लागू गर्न सक्नु भयो भने तपाईको सपना पुरा हुन् सक्ने छन l

अमेरिका जति राम्रो ख्याति अंक प्राप्त गर्नु भयो त्यति नै राम्रो मानिन्छ l नेपालमा हजार पूर्णाङ्क मा जति नजदिक ल्यायो त्यति नै राम्रो जस्तै अमेरिकामा यो ख्याती प्राप्त गर्न ७ सय भन्दा ज्यादा अंक प्राप्त गर्न सक्नु भयो भने तपाईले अमेरिकामा जे किन्न पनि कसैले रोक्दैन l

अर्थात् अमेरिकामा सबै चिज उधारोमा कारोबार हुने हुनाले हरेक पटक ठूला या साना कुराहरु किन्दा यसको ठुलो महत्व हुन्छ l ७ सय भन्दा ज्यादा अंक ल्याउनु भयो भने प्रथम श्रेणी भन्दा पनि माथि सम्झिन्छ l

यदि तपाइको प्रतिष्ठा अंक ६ सय भन्दा मुनि छ भने घर ,गाडी तथा घर या डेरामा चाहिने अन्य चिजहरु किन्नु पर्दा द्वितीय श्रेणीमा १० कक्षा उत्रिण गरे झैँ खरिद गरिने चिज दिन अलिक अप्ठ्यारो मान्दछन l नदिने भन्ने हुदैन ,तर प्रतिष्ठा ७ सय अंक भन्दा माथि छ भने ब्याज दर तपाईले कम तिर्नु पर्छ l अनि तपाईलाई ३० बर्षे घर किन्दा कम किस्ताबन्दी तिर्नु पर्छ l

उधारो दिन बैंकले पनि मान्दैन जति ख्याती राम्रो भयो त्यतिनै तपाई बिक्नु हुन्छ l उधारोको अमेरिकन जीवन भएकोले जे पनि खरिद गर्दा राम्रो ख्याती बनाउन लाग्नु पर्छ l यदि प्रतिष्ठा (क्रेडिट) ७ सय अंक भन्दा माथि छ भने ३० बर्षे किस्ताबन्दीको ब्याजदर कम हुन् गई घर किस्ता पनि कम पर्न जान्छ l

डेरा,भाडामा या घर किन्दा घरका सामान हरु खरिद गर्दा सवै चिज जोड्नु पर्छ l र जहाँ पनि यहाँहरुको क्रेडिट (ख्याती)को जाँच पहिले गर्छन l ७ सय भन्दा जति राम्रो हुन्छ खुरुक्क जे चिज पनि हुन्छ भन्छन l तर यो अङ्क ६ सय भन्दा मुनि अर्थात् ५ सय त्यो भन्दा पनि मुनि छ भने ठटाएर ब्याज दर जोडछन् l र आर्थिक भर निकै हुन् जान्छ l बार्षिक रुपमा जोड्दा आर्थिक नोक्सान पर्दछ l

बिशेष गरि अमेरिका भर्खर आएका कानूनी कागजात भएका नव आगन्तुकले अमेरिकामा यसरी एक बर्ष भित्र आफ्नो प्रतिष्ठा(क्रेडिट) बढाउन सक्ने छन l नव आगन्तुकले जान्नै पर्ने ५ मूल मन्त्रहरु जाने आर्थिक लाभ हुने पक्का हुन्छ l

यदि तपाई कसैको घरमा छिडी (बेस्मेन्ट) ,या कुनै कोठामा या एउटा सानो हिस्सा प्रयोग गर्नु भएको छ भने ख्याती नबन्ने होईन तर धेरै समय लाग्छ l कानूनी रुपमा अमेरिका आएका जो कसैले पनि भरसक आफन्त,साथीभाई र चिनेजानेकोमा बसोबास गर्नु भन्दा ३- ६ महिना भित्र सार्बजनिक रुपमा खोलिएका घर,कोठा आदि ईत्यादी मा जानु नै उपयुक्त हुन्छ l

प्रारम्भिक चरणमा आफन्तका बसे भने पैसा बच्ने छ भन्ने सोचियो भने त्यसले तपाईको प्रतिष्ठा(क्रेडिट)मा धक्का लाग्छ l सुरु सुरुमा कसैको सहारामा बस्नै पर्छ l २-३ महिना भित्र कसरी आफनै पौरख देखाएर आफै स्वतन्त्र भएर स्वयम् डेरा,कोठा भाडा लिन्छु भन्ने सोच राखिएको भने तपाईले अमेरिकामा छिट्टै घर किन सक्ने हुनु हुनेछ l

निजि क्षेत्र बाट संचालित कोठा तथा घर भाडामा लिए पछि मात्र तपाईको प्रतिष्ठा बढ्ने हुन्छ l अर्थात् सामाजिक सुरक्षा पत्र (सोसल कार्ड)ले तपाईको जन्म कुण्डली निकाले झैँ छर्लंग निकाली दिन्छ l

१. ठीक समयमा बिजक (बिल)भुक्तानी गर्ने : 

आफूले उपयोग गरेका भए भरका सवै बिजक (बिल)ठीक समयमा भुक्तानी गर्यो भने तपाईको गर्ने क्रेडिट(प्रतिष्ठा) बन्दै र बढ्दै जान्छ l कुनै पनि हालतमा सवै कुरा छोडेर जसरी भए पनि भुक्तानी गर्नु पर्छ l केही हुदै २-४ दिन बित्दै मा भन्नु कदापी हुदैन l खेलाची र हेलचेक्र्याई नगरौ l हरेक महिनामा यहाँलाई लागेको ऋण तिर्दै जानु भयो भने क्रेडिट(ख्याती) अवश्य वृद्धि हुन्छ l

२. थोरै अंश मात्र क्रेडिट कार्ड(उधारो पत्र)प्रयोग गर्ने :

यहाले क्रेडिट या डेबिट (उधारो या नगद )पत्र प्राप्त गर्नु भएको छ भने जति थोरै खर्च गर्यो त्यति राम्रो हुने हुन्छ l उधारो पत्र पाईयो मौका यही हो भनेर अब छाती ठूलो खोलेर भए भरको जिनिस किन्ने तर्फ लाग्नु भयो भने तपाई डुब्ने ज्यादा सम्भावना हुन्छ l जति कम प्रयोग गर्यो त्यतिनै राम्रो हुने हुन्छ l आफूलाई उपलब्ध गराएको रकम भन्दा ३० प्रतिसत कम खर्च गर्यो भने अझ उत्तम हुन्छ l धेरै प्रतिष्ठानका धेरै उधारो पत्र भन्दा थोरै प्रतिष्ठानका उधारो या नगद चलाए राम्रो हुने छ l

३. आफ्नो ऋण घटाउनु :

जति सक्दो हुन्छ आफ्नो थाप्लोमा परेको ऋण घटाउदै जानु पर्छ l ऋण लाग्दै गर्छ तिर्दै गरौला नभन्नु होला l जति ऋण बोक्यो त्यति जोखिम हुन्छ अमेरिकामा l किनभने कति खेर जागिर चैट हुन्छ थाहा नै हुदैन l तसर्थ ऋण भन्ने कुरालाई फच्चे गर्दै जानु पर्छ र प्राथमिकतामा राख्नु पर्छ l ऋण घटाउनु को सट्टा अर्को उधारो पत्रले काम चलाउछु भनि निवेदन दिनु को बदला ऋण घटाउदै जानु पर्छ l यसो गरेमा तपाईलाई केही खरीद गर्न कसैले रोक्ने छैन

४.नयाँ हिसाव किताव (खाता) सीमित राख्नु पर्ने :

छोटो समयमा जता पनि खाता खोल्ने प्रयास गर्न खोज्नु हुदैन l जसको कारणले तपाई अलमलमा पर्न सक्नु हुन्छ l र ,भुक्तानी ढिलो पनि हुन सक्छ l मौका यही हो भनि नयाँ नयाँ ठाउँमा खाता खोल्नु हुदैन l तपाई आफ्नो प्रतिष्ठा वृद्धि गराउन चाहनु हुन्छ भने भरसक नया खाता खोल्न अघि नसर्नु नै राम्रो हुन्छ

५. आफ्नो ख्याती अंक बारे जानकारी लिने (क्रेडिट रिपोर्ट )

अमेरिकामा बार्षिक रुपमा कुनै पनि व्यक्तिले आफ्नो प्रतिष्ठा को अंक अथवा मात्रा या प्राप्ताङ्क निशुल्क प्राप्त गर्न सक्ने छन् l यसो गर्ने चलन अत्यधिक कम हुन्छ l एक पटक यसरी हेर्दा केही अंश घट्ने पनि हुने हुनाले मानिस हेर्ने गर्दैनन् l तपाईको ख्यातिको स्थिति कस्तो छ ? आफूले के के गरेको छु ? कस्तो रहेछ भनि हेर्न जरुरी हुन्छ l

यसरी हेर्दा आफूले कति ऋण बोकेको छु भन्ने थाहा हुन्छ l त्यो थाहा भए पछि कसरी भुक्तानी गर्ने भन्ने योजना पनि बन्न सक्छ l साथै तपाईले यस बारेमा केही जानकारी पनि प्राप्त गर्न सक्नु हुनेछ l कुनै ठाउँमा ऋण लिनु अघि पनि यो हेरे पछि आफ्नो आर्थिक स्थिति थाहा हुन्छ भने आफ्नो प्रतिष्ठा कसरी वृद्धि गर्न सकिन्छ भन्ने ज्ञान पनि हुन्छ l

कानूनी रुपमा अमेरिकामा बसोबास गर्ने हरुका लागि उत्तम खुराक हुन् सक्छ l तथा अमेरिका बस्ने कानूनी प्रकृया को लागि सोच राख्नेहरुका लागि पनि केही हद सम्म काम लाग्ने छ भन्ने यो पंक्तिकारको रहेको छ l

प्रतिक्रिया