शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: १५:२६ | Washington DC: 05:41

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

काठमाडौं, ३० पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले हराएको छ ।

 

आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने हिउङ मिन सन र क्रिश्चियन एरिक्सनले १–१ गोल गरे ।

उता चेल्सीलाई भने गएराति लेष्टर सिटीले गोलरहित बराबरीमा रोकेको छ ।प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले बर्न्लेलाई १–० ले हराउँदा वेष्टह्याम युनाईटेडले हडर्सफिल्ड टाउनमाथि ४–१ कोे प्रभावशाली जित निकाल्यो ।

यसैगरी वेष्ट ब्रोमले ब्राईटनलाई २–० ले हरायो । गएराति वाट्फोर्ड र साउथह्याम्पटनले २–२ गोलको तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज बर्नमाउथले आर्सनलसँग खेल्दा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले लिभरपूलसँग उसैको मैदानमा खेल्नेछ । एजेन्सीको सहयोगमा

२०७४ पुष ३० गते १४:२८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी