कवि सुदीपभद्र खनालको भुईं फूलको गीतको चर्चा तथा छन्द कविता वाचन सम्पन्न

इनेप्लिज २०७४ पुष ३० गते १८:११ मा प्रकाशित

१३ जनवरी ,वाशिंटन डिसी ,छन्द कविताका चर्चित हस्ताक्षर सुदीपभद्र खनालको पछिल्लो कृति भुईं फूलको गीत कविता सङ्ग्रहको चर्चा तथा उनका छन्द कविताहरुको वाचन कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भयो ।उक्त कृतिले हालै शिव लामिछने अनेसास सर्वोत्कृष्ट छन्द कविता पुरस्कार प्राप्त गरेको थियो । अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले कार्यक्रमको शुरुमा स्वागत गर्दै कवि सुदीपको नेपालदेखि अमेरिकासम्मको काव्य यात्राको चर्चा गर्नु भएको थियो ।

तत्पश्चात प्रमुख अतिथि साहित्यकार हरि अधिकारीले खादा लगाएर सम्मान गर्नु भएको थियो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुवेदी तथा साहित्यकार कृष्ण धरावासीले कवि सुदीपका कविताका बिबिध पक्षवारे मन्तव्य राख्नु भएको थियो ।

कवि सुदीपभद्र खनालले आफ्नो छोटो मन्तव्यसहित पुस्तकमा भएका केही छन्द कविताहरुको वाचन गर्नु भयो । प्रमुख अतिथिको आसनवाट वोल्दै साहित्यकार हरि अधिकारीले कवि सुदीपका रचनामा छन्दको प्रयोग उत्कृष्ट ढङ्गले भएको तर विषयवस्तुमा नविनताको आवश्यकता भएको औंल्याउनु भयो ।

कार्यक्रमको सञ्चालन मीठो स्वर र वाचन कलामा निपुण परशुराम तिमिल्सिनाले कवि सुदीपका कविताका विभिन्न अँशहरुका साथ अत्यन्त रोचक ढङ्गले गर्नु भएको थियो ।

(www.vpkonlinenews.com सँग सहकार्य)

प्रतिक्रिया