राष्ट्रवादी राजनीतिक जनजागरण अभियानको प्रेस विज्ञप्ती

इनेप्लिज २०७४ माघ २ गते २२:२४ मा प्रकाशित

कार्यालय काठमाडौँ पो. व.नं. ४९११

माननीय श्री रक्षामन्त्रीज्यू

नेपाल सरकार रक्षा मंन्त्रालय

सिहंदरवार काठमाडौं

विषय : भ्रष्टाचार रोक्ने वारे ।

उपरोक्त सम्बन्धमा हाम्रो मोर्चालाई जानकारी भए अनुसार केही वर्ष अघि त्यस मंन्त्रालयले सेनाको लागि किन्न दिएको रसियन फेडरेशनमा बनेको एमआई १७ बी फाइभ हेलिकोप्टरको तत्कालीन बजारमा १० मिलियन डलर रहेकोमा त्यतिवेला नै १७ मिलियनमा किनी ७ मिलियन भ्रष्टाचार गरिएको सुडानकाण्ड प्रकृतिको उक्त मुद्दाको भविष्यमा छानवीन होला नहोला त्यो आफ्नो ठाँउमा छ तर अहिले सरकारले सेनालाई नयाँ हेलिकोप्टर किन्न अनुमति दिएको र त्यहाँ अन्य उपयुक्त, सस्तो र आधुनिक प्रविधियुक्त हेलिकोप्टर नछानेर कमिशन एजेन्टसँग मिली रसियन एमआई १७ बी फाइभ मात्रै किन्ने प्रपंंच शुरू मै मिलाइएको प्रकाशित टेण्डरहरूका आधारमा भन्न सकिन्छ । त्यस्तै गतसालमा किनेको रसियन हेलिकोप्टर हाल विश्ववजारमा डलर बलियो हुँदै गएको र रूवल गिर्दै गएकोले मूल्य घट्दै गएको भएपनि नेपालले किन्ने हेलिकोप्टरको मूल्य लाखौ डलर बढाएर किन्ने तयारी भैरहेको पनि जानकारी पाइएको छ । यसरी गरिव देशको विदेशी मुद्रा संचिति न्यून रहेको अवस्थामा केही भ्रष्ट कर्मचारी, नेता र दलालहरूको मिलेमतोमा गर्न खोजिएको अर्को सुडान घोटाला तपाई जस्तो बिद्वान र निश्कलंक मंंन्त्री मातहतको निकायले गर्नु तर तपाईले त्यसमा स्पष्ट अडान देखाउन सफल हुनु भएन भने तपाई भविष्यमा आफ्नो समुदायका अन्य दिग्गज नेताहरू झैं अनैतिक सावित भएर राजनैतिक रुपमा पतन हुने स्थिति पनि आउन सक्छ । महंगो हेलिकोप्टर किनेर अथाह भ्रष्टाचार गर्ने, विदेशी मुद्रा संचिति सखाप पार्ने र आजसम्म बचाएर राखेको राष्ट्र संकट परे प्रयोग गर्न सकिने विश्व मै कीर्तिमानी नेपाली सेनालाई पनि भ्रष्टाचारको कालो दुर्गन्धको खाडलमा खसाल्ने जस्ता काम तपाईले रोक्नै पर्दछ । यस सिलसिलामा नेपाली संचार माध्यमबाट कहाँ के भै रहेछ, त्यसबारे प्रशस्त जानकारी गराउने काम त भएको छ तर अहिले सहजै भ्रष्टाचार र मुद्रा बिचलन गर्न सकिने ट्रान्स्फरेवल एल.सी. खोल्ने मात्र नभई अमेरिका तथा यू.एन.ले. प्रतिबन्ध लगाएको देशसँग आर्थिक कारोबार गरेर अन्तर्राष्ट्रिय दातृ समुदाय बीच राष्ट्रलाई ब्ल्याकलिष्टेड गराएर देशले पाउने वैदेशिक सहायता, ऋण र अन्य सहुलियत बन्द गराउने जस्ता कुकृत्य अविलम्ब रोकिनै पर्छ । यस अघि सेना प्रमुख गौरव शम्शेर राणाको कार्यकालमा हेलिकोप्टर किन्दा सुरुमा ९० प्रतिशत भुक्तानी दिइएको र १० प्रतिशत भूक्तानी रुसमाथिको प्रतिबन्धले अड्क्यो भनेर राष्ट्र बैंकले जर्मनी मार्फत ट्रान्स्फरेवल एल.सी.मै भुक्तानीको अनुमति दिएको हो तर रसियन कम्पनीले राडारमात्र होइन अति आवश्यक संचारसेट लगायतका जरुरी उपकरण सामग्रीहरू नराखी खोक्रो हेलिकोप्टर मात्र बुझाएको गुनासो सम्बन्धित सैनिक अधिकृतहरूले नै गरिरहेकोमा कतैबाट छानवीन भएन र फेरि त्यही कम्पनीसँग किन हेलिकप्टर किन्ने भनी प्रश्न उठाइरहेका छन । इण्डोनेसियाबाट ल्याउने भनेको ४८ सिटको एभ्रो टाइपको जहाज, बक्तरबन्द गाडी तथा जीपहरू दोब्बर मूल्यमा किनेर राष्ट्रलाई ठगिएको सैनिक बृतमा चर्चा छ । यस्तै बत्तीस हजार डलर पर्ने टोयोटा गाडी ७० हजारसम्मको विल बनाएकोमा किन अनुसन्धान हँुदैन ? सेनाको खरिदमा व्यापक लूट छ र प्रहरीमा सुडान घोटालाको नाममा चर्चित ए.पी.सी. सप्लाईमा जसरी पच्चिस हजारका थोत्रा सामान ८ लाख डलरको विल बनाएर खाने दलाल शम्भु भारती अमेरिकामा आरामसँग बसेर उसले नेपाल प्रहरीको सी.आई.वी. प्रमुख पालेको अनि त्यो घोटाला गर्न लाउने मंन्त्री ठूलो पार्टीको महामन्त्री भएर बचेको तैपनि ३ जना प्रहरीका पूर्व प्रमुखहरू कारागारमा बन्दी छन तर सेनाको खरिद प्रकृयामा पैसा खर्चिदा अमेरिकी सेना स्तरको खर्चिने गरिएको हुन्छ, जुत्ता लुगा आदि सामानका विल छानवीन ग¥यो भने त्यो निम्न गुणस्तरको भएको गुनासो सेना भित्रैबाट पटक पटक हुने गरेको छ । बजारमा आज पनि माथि उल्लेखित रसियन हेलिकप्टर भन्दा उच्च गुणस्तरको हेलिकप्टर १०÷११मिलियन डलरमा प्रतिबन्द नलागेका देशहरूमा नै उपलब्ध हँुदा हँुदै किन त्यही हेलिकप्टर तेब्बर मूल्यमा किन्न खोजिदै छ ? यस अघिका घोटाला सहित हाल गर्न खोजिएको भ्रष्टाचारलाई छानवीन गरिनु पर्दछ भन्ने जनआवाज तपाई समक्ष आइसकेकै हुनु पर्छ । राष्ट्र बैंकलाई ट्रान्स्फरेवल एल.सी. खोल्न अर्थ मंत्री लगायतका केही मंत्री, अख्तियार जस्ता सम्बैधानिक अंगहरू र सेनाका उच्च अधिकृतहरूले समेत दबाव दिने जस्ता कुरा पनि सार्वजनिक भैरहेका छन । पहिले पहिले भएका एल.सी. र डलर काण्ड कै परिप्रेक्षमा अन्तरराष्ट्रिय मुद्राकोषको सल्लाहमा राष्ट्रबैंकले बन्दगरेको ट्रान्स्फरेवल एल.सी. को अपराधी धन्दा पुनः चालु गर्ने प्रयास नेपाली जनतालाई सैह्य हुने छैन ।

यस सिलसिलामा संचारमाध्यममा आएका केही समाचारका प्रतिलिपी सहित यो निवेदन पेश गरिएको छ । कम्तिमा ७ दिनभित्र रक्षा मंत्रालयका आधिकारिक प्रवक्ता मार्फत यस काण्डका सम्पूर्ण प्रकृतिहरू केलाई राष्ट्रको अर्थतन्त्र तथा सुरक्षा अंगको अस्तित्व समाप्त पार्ने खेल रोक्ने उपयुक्त कदमको जानकारी र उचित छानवीन नगराएमा सम्माननीय राष्ट्रपति लगायत अन्य सम्बैधानिक अंगहरू गुहार्नुका साथै नेपाली जनताबीच ठोस कार्वाहीको आह्वान गर्दै सडक आन्दोलन संचालन गर्ने जानकारी गराउँदछौ । धन्यवाद !

विनीत

मीनराज गुरुङ संयोजक

सम्पर्क मोवाइल ९८७१०५०३०१

मितिः २०७४ माघ २ गते

प्रतिक्रिया