आज सोनाम ल्होसार पर्व मनाईंदै, काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम

इनेप्लिज २०७४ माघ ४ गते १०:४६ मा प्रकाशित

काठमाडौं, माघ ४ । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व अर्थात् नयाँ वर्ष मनाउँदै छन् ।मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश गरेको छ ।हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने परम्परा रहेको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ । यसअवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ ।

सोनाम ल्होसार महोत्सवमा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ ।

प्रतिक्रिया