दाङ र डोटीमा आन्दोलन राजमार्ग केन्द्रित, विद्यालय र यातायात ठप्प

इनेप्लिज २०७४ माघ ५ गते १०:०७ मा प्रकाशित

काठमाडौं, माघ ५ । प्रादेशिक राजधानीको माग राख्दै दाङमा राजमार्ग केन्द्रित आन्दोलन थालिएको छ ।प्रदेश मुकाम तोक्दा सरकारले अन्याय गरेको भन्दै उद्योग बाणिज्य संघको संयोजकत्वमा गठित प्रादेशिक राजधानी सरोकार समितिले आन्दोलन चर्काउने निर्णय गरेको हो ।

तीन दिनदेखि जारी आन्दोलनलाई थप सशक्त पार्न राजमार्ग केन्द्रित आन्दोलन गरेको जनाएका छन् । पूर्व भालुबाङदेखि पश्चिम हापुरेसम्म संघर्षका कार्यक्रम गरिने जनाएका छन् ।

घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा, नारायणपुर, विजौरी, हापुरेलगायत स्थानलाई केन्द्र बनाइएको छ ।प्रदेशस्तरका सबै कार्यालय दाङमा हुँदाहुँदै सरकारले बुटवलमा अस्थायी मुकाम तोकेको भन्दै दाङबासी आन्दोलित भएका हुन् ।

प्रदेश प्रहरी कार्यालय, उच्च अदालत, मूख्य निर्वाचन कार्यालय दाङमै रहेको छ ।उता डोटीमा पनि आन्दोलन जारी रहेको छ ।डोटीका ७ वटै जिल्ला बन्दबाट प्रभावित छन् । सरकारी कार्यालय खुले पनि विद्यालय तथा यातायात ठप्प पारिएको छ ।

प्रतिक्रिया