चितवनको कालिकामा रेडक्रसको ३ दिने प्राथमिक उपचार तालिम सकियो शिशिर सिंखडा

इनेप्लिज २०७४ माघ ७ गते ४:३४ मा प्रकाशित

शिशिर सिंखडा
चितवन,माघ ६। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीको आयोजनामा आज ३ दिने रेडक्रस परिचयात्मक तथा रेडक्रस आधारभूत प्राथमिक उपचार तालिम समापन भएको छ । सो तालिममा स्थानिय रेडक्रसकर्मी एवम स्थानीय संघ संस्थाका ३० जनाको सहभागीता रहेको छ । संस्थाका सभापति लिला बहादुर गुरुङ्गको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथीकालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले सहभागीहरु लाई प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममाप्रमुुुख अतिथीकालिका नगरपालिकाका मेयर खुमनारायणश्रेष्ठ ,नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका उपमन्त्री एवं प्रशिक्षक बिदुर के.सी., कालिका वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष बालकृष्ण अधिकारी, सहभागी दुर्गा सुवेदी, ओमप्रसाद लामिछाने, महाश्रम शर्मा, कार्यक्रम संयोजक गणेश शर्मा पौडेल , संस्थाका सचिव भिम प्रसाद खनाल , सहकोषाध्यक्ष राजन रेग्मी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रशिक्षकहरु बिदुर के.सी, नर बहादुर के.सी, जीवन के.सी, मिरा तिम्सीना र चिज कुमार आलेले सहभागीहरुलाई ३ दिनसम्म प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया