संसाक यात्री नियात्रा पुरस्कार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरलाई

इनेप्लिज २०७४ माघ ८ गते १:०५ मा प्रकाशित

संगीत ,साहित्य र कला क्षेत्रमा समर्पित संसाक पाक्षिक पत्रिकाले बि.स २०७४ सालको संसाक यात्री नियात्रा पुरस्कार वरिष्ठ नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ लाई प्रदान गरेको छ ।

काठमाडौमा आयोजित एक भब्य समारोहमा प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले उक्त पुरस्कार तथा सम्मान पत्र पुडासैनीलाई अर्पण गर्नुभयो ।सो अवसरमा उहाले -‘पुडासैनीका नियात्राहरूले बिश्व नियात्रा लेखनमा उत्कृष्ठ क्षमता राखेको र बिश्वका धेरै मुलुक र नेपालका कुनाकाप्चा पुगेर पुडासैनीले फरक शैलीमा नियात्रा लेख्नभएको कारण उहाका नियात्राहरू सदैब पठनीय छन् भन्नुभयो ।

वरिष्ठ साहित्यकार पूर्ण प्रकाश नेपाल यात्री को नाममा उक्त पुरस्कार वहाकै सुपुत्र सैलेन्दु प्रकाश नेपाल ले स्थापना गर्नु भएको हो l सो अबसरमा उहाले -‘वरिष्ठ साहित्यकार दामोदर पुडासैनीको नियात्रा लेखनमा अद्वितीय क्षमता रहेको कारण उक्त पुरस्कार प्रदान गरिएको बताउँनु भयो l

संसाक पत्रिकाका सँपादक उमेश पाण्डेले नयाँ नयाँ स्थानको भ्रमण गरेर मात्र नियात्रा लेख्न सकिने हुँदा यो खर्चिलो बिधा हुँदाहुँदै पनि पुडासैनीले अनेकौ गहकिला कृति दिनुभएको हुँदा उहालाई यो पहिलो पुरस्कार प्रदान गरिएको बताउँनुभयो ।

सो अवसरमा साहित्यकारहरू डा. सत्यराज थपलिया ,रत्नमणि अनामणि, तेजप्रकाश बानियाँ, भगिरथ र्काफ्ले ,सीता बिष्ट कार्की, भवानी मैयाँ पन्त,तारा के.सी.,सानु शर्मा आदिले पुडासैनीको ब्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।

पुडासैनीका पर्खाल भित्रको राजधानी ,सिमानाका रङ्ग सिमाना का तरंग ,नमेटिएका चित्रहरु ,मायालु हुम्ला र यात्रा प्रेमिल तरंगहरु जस्ता नियात्रा संग्रहहरु चर्चित छन् l

त्यस बाहेक पहाड र प्रेम ,समयको सहिछाप ,आलोकित आयाम ,आकारको खोजीमा ,आँखाको खोजीमा ,आफन्तका अनुहारहरु जस्ता कविता संग्रह र धर्म को ह्यांगओभर नामको दर्शन कृति पनि प्रकाशित छन् ।

उत्तम शान्ति पुरस्कार ,शंकर लामिछाने पुरस्कार ,अन्तर राष्ट्रिय साहित्य पुरस्कार जस्ता दर्जनौ राष्ट्रिय तथा अन्तर राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल वरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर ” ले पूर्ण प्रकाश यात्री जस्तो विशिष्ट श्रस्टाको नामबाट स्थापित पहिलो पुरस्कार पाउँदा गर्व महसुस भएको र यसले सिर्जनाकर्ममा लाग्न थप जिम्मेवारी प्राप्त भएको कुरा बताउनु भयो l

प्रतिक्रिया