अनमोल केसी भन्छन् ‘म बलिउड गएँ भने नेपाली फिल्म डुब्छ’ (भिडियो अन्तरवार्ता)

इनेप्लिज २०७४ माघ १२ गते २२:४७ मा प्रकाशित

काठमाडौं। नेपाली फिल्मका स्टार अभिनेता अनमोल केसीले आफूलाई थुप्रै बलिउड फिल्मबाट अफर आएको खुलाएका छन् । डिसीनेपाललाई दिएको विशेष अन्तरवार्तामा उनले आफूले आधा दर्जनभन्दा बढी बलिउड फिल्म अस्वीकार गरिसकेको बताए ।

अनमोलले आफू बलिउड गएका नेपाली फिल्म उद्योग धरापमा पर्ने भएकोले ती अफर अस्वीकार गरेको बताएका छन् । उनले आफू नहुने हो भने नेपाली फिल्म उद्योग डुब्ने दावी समेत गरे । उनले प्रतिप्रश्न गरे ‘म गएँ भने नेपाली फिल्म कसले धान्छ ?’

अनमोलले आफू पिता भुवन केसीको इशारामा नचल्ने पनि बताएका छन् । सिनियर भएकोले पिताको केही कुरा मान्ने भए पनि उनकै इशारामा भने नचल्ने अनमोलको भनाइ हो । उनले आफ्नो छुट्टै पहिचान भएको र आफ्नो जीवनको निर्णय पनि आफैंले लिने बताए ।

प्रतिक्रिया