आदिवासीहरुको अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा विशेष पहल गर्नेछु -मणि बाङदेल

इनेप्लिज २०७४ माघ १३ गते १८:२७ मा प्रकाशित
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका(फिप्ना) को निर्वाचन यही जनवरी २८ मा हुँदैछ । फिप्नाका वरिष्ठ उपाध्यक्ष मणि बाङदेल (मनकुमार राई)ले अबको नेतृत्वका लागि आप्mनो दाबी प्रस्तुत गरिसक्नुभएको छ । उहाँ आदिवासी जनजातिका संस्थाहरुलाई दबाब दिने मात्रै नभएर धक्का दिन सक्ने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
प्रस्तुत छ फिप्नाका अध्यक्षका उम्मेदवार बाङदेलसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश :
तपाईंले फिप्नाको अध्यक्षमा आप्mनो दाबी प्रस्तुत गर्नुभएको छ । तपाईंको दाबी के आधारमा सही छ र?
मलाई मेरो संस्था किरात राई सोसाइटी अफ अमेरिका(KRSA)ले अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको हो । म आदिवासीहरुको हक अधिकारका लागि फिप्ना स्थापना हुनुभन्दा अघिदेखि नै लागेको व्यक्ति हुँ । म किरात राई सोसाइटी अफ अमेरिकाको संस्थापक अध्यक्ष हुँ । यस संस्थामा मैले दुई कार्यकाल बोर्ड चेयरको जिम्मेवारी पनि सम्हालिसकेको छु ।
म फिप्नामा स्थापनाकालदेखि नै संलग्न हुँदै आएको छु । मैले एक कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिरहेको छु ।
म ‘सेल्फ इम्प्लोयी’ पनि हुँ । म मेरो पूर्णकाल संस्थालाई समय दिन सक्छु । मसँग धेरै योजनाहरु पनि छन् । अब हाम्रो गोरेटोलाई मूलबाटो बनाउनु पर्छ । मेरो योजना, अनुभव र निरन्तरताका साथै आदिवासीहरुको पहिचान र अधिकार स्थापित गर्नका लागि पनि अध्यक्षमा मैले दाबी गरेको हुँ र यो स्वाभाविक पनि हो ।
तपाईंको मुख्य मुख्य कार्ययोजनाहरु के-के छन् ?
सर्वप्रथम त म आदिवासीहरुको मुद्दामै केन्द्रीत भएर काम गर्नेछु । संसारभरिका आदिवासी जनजाति एक होऔ भन्ने मूल नारालाई सफल बनाउनका लागि आदिवासी जनजातिका अन्तर्राष्ट्रिय सञ्जाल स्थापना गर्न मरो विशेष पहल रहनेछ ।
हाम्रा साझा एजेण्डालाई छलफल गरी अगाडि बढाउन यसले सहयोगी भूमिका निभाउने छ । संस्थालाई सांगठानिक, आर्थिक र भौतिक रुपले सबल बनाउनका लागि कार्यक्रमहरु ल्याउने छु ।
अमेरिकामा खुलेका आदिवासी संस्थाहरुलाई विधि विधान पुर्याएर प्रक्रियागत रुपमा दर्ता गराउनका लागि पनि पहल गर्नेछु । ती संस्थाहरुलाई संस्थागत रुपमा आदिवासी जनजातिसम्बन्धी कार्यक्रम, गोष्ठि, सेमिनार गराई मुद्दामा केन्द्रीत गराउनेछु । साथै निःशुल्क संस्थागत टे«निङ तथा कानूनी परामर्श दिने व्यवस्था समेत गर्नेछु ।
संसारको मुटु मानिने न्यूयोर्कमा आयोजना हुने आदिवासी चलचित्र महोत्सव र ‘नेपाल डे परेड’ लाई व्यापकता दिँदै लानेछु । आदिवासीहरुको परम्परागत ज्ञान, सिप, पहिचान र अधिकारसम्बन्धी कार्यक्रम संयुक्त राष्ट्रसंघसँग मिलेर गर्नका लागि मेरो ध्यान केन्द्रीत हुनेछ । अब आदिवासी जनजाति संस्थाहरुलाई दवाब दिने मात्र होइन धक्का दिन सक्ने बनाउनुपर्छ । मेरो ध्यान यसतर्पm नै केन्द्रीत हुनेछ ।
अमेरिकी सरकार र जनतासँग चाहिँ कसरी समन्वय गर्नुहुन्छ त ?
हामीले अहिले स्थानीय तह र सीटीसँग मिलेर काम गर्दै आएका छौं । उहाँहरु सधैं हाम्रो कार्यक्रममा आउने गर्नु भएको छ । यो भनेको अमेरिकी सरकारको उपस्थिति हो भन्ने हामीले बुझेका छौं । हामीले ‘लोकल पोलिटिक्स’मा पनि सहयोगी भूमिका निभाउदै आएका छौं ।
संस्थालाई आर्थिक रुपले सबल बनाउन कसरी आर्थिक स्रोत जुटाउनुहुन्छ ?
हामीले अहिले विहान दशदेखि बेलुकी पाँच बजेसम्म नै कार्यालय खोल्ने कोसिस गरिरहेका छौं । हामी आदिवासी जनजातिका परम्परागत ज्ञान, सिप, मातृभाषा, भेषभुषा र संस्कार संरक्षणका निम्ति सरकारी तवरबाटै बजेट जुटाउने पहल गर्छौ ।
विभिन्न जातजातिका भेषभुषा, भाषा, संस्कार, संस्कृति र पहिचानसम्बन्धी परियोजनाहरु सञ्चालन गर्नेछौ । यसका लागि हामीले मेयर, सिटी र स्थानीय तहका सरकारी कार्यालयसँग समन्वय र सहकार्य गर्नेछौ ।
ती सरकारी कार्यलयबाट हामीलाई परियोजना सञ्चालन गर्न सहयोग मिल्ने विश्वास लिएको छु । हामीलाई प्राप्त भएको परियोजनाहरु हामी सबै जातीय संस्थाहरुसँग मिलेर सञ्चालन गर्नेछौ । यसले हामीलाई आर्थिक रुपमा सक्षम बनाउन सहयोग गर्नेछ ।
 -प्रस्तुती दिवस कोयू

प्रतिक्रिया