कोलोराडोमा सामुदायीक भवन निर्माणार्थ सप्ताह लगाईने

इनेप्लिज २०७४ माघ १५ गते ११:५९ मा प्रकाशित

जनवरी २८, २०१८
कोलोराडो, अमेरीका
नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक सहयोग संकलन गर्न श्रीमद्भागवत् महापुराण लगाइने भएको छ ।

कोलोराडोमा कृयाशिल सकृय सबै संघ संस्था तथा समाजसेवीहरुको आयोजनामा आगामी अप्रील २८ देखी मे ५ तारीक सम्म पंडित दिनबन्धु पोख्रेलको उपस्थितीमा डेनभर मेट्रो भित्र सप्ताह महापुराण लगाइने भएको हो ।
नेपाली घरको आव्हानम्ाँ सुक्रबार सम्पन्न कोलोराडोमा कृयाशिल संघ संस्था तथा समाज सेवीहरुको भेलाले सँमुदायिक भवन निर्माण गर्न पुराण लगाउने सर्व सम्मत निर्णय गरेको हो । भेलाले भागवत्पुराण सफलताको साथ सम्पन्न गर्न ९ सदस्सिय समाजका गन्यमान्य महानुभाव रहेको अध्यक्ष मण्डल समेत चयन गरेको छ । यसरी सर्ब सम्मत निर्णयगरी चयन गरिएका महानुभावहरुमा डा.बिष्णुबहादुर श्रेष्ठ, डा.बिजयराज शर्मा, रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नविन दत्त, पुरुषोत्तम पाण्डे रहेका छन् । बांकी ३ सदस्यको चयन निकट भविश्यमै गरिने नेपाली घरका अध्यक्ष लक्षुमण रानाले बताएका छन् ।

त्यसैगरी मुल आयोजक समितीको माताहतमा रहने गरि एक सचिवालय समिती र एक कार्यकारी समिती गठन गरिने छ । यी समितीहरुमा कोलोराडोमा कृयासिल सबै संघ संस्थाका अध्यक्ष, समाजका गन्यमान्य, बुद्धीजिवी, ब्यावसाही, धार्मिक गुरुहरु, पत्रकार, तथा कलाकारहरु रहने छन् । त्यस्तै सप्ताह माहायज्ञलाई सफलताका साथ सम्पन्न गर्न अर्थिक उपसमिती, प्रचारप्रसार उपसमिती लगायत ३० भन्दा बढि उपसमितीहरु र हरेक शहरमा सहयोग समितीहरु गठन हुने बताइएको छ ।

यसैगरी सोही भेलाले नेपाली घरले बिगत ८ बर्ष देखी निर्माण गर्ने भन्दै आएको सामुदायिक भवन कोलोराडोमा कृयाशिल सबै संघ संस्थाहरु तथा समुदायको सामुहिक स्वामित्व रहने गरि निर्माण गरिने सहमती गरेको छ । त्यसैगरी महापुराण सम्पन्नगर्न गठित सबै संघ संस्थाका अध्यक्ष, समाजका गन्यमान्य, बुद्धीजिवी, ब्यावसाही, धार्मिक गुरुहरु, पत्रकार, तथा कलाकारहरु रहेको एक समिती स्थायी रहने छ । उक्त समिती भवन निर्माण सम्पन्न नभए सम्म रहने यसै भेलाले निर्णय गरेको छ । साथै भेलाले कोलोराडो निवासी सबै नेपाली र नेपाली समुदाय प्रती सद्भावराख्ने महानुभावहरुलाई उक्त अवधिमा मिलेसम्म काममा बिदा मिलाई हरेक दिनको भागवत्पुराण श्रवणगर्ने बातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य कमाउन सबैलाई हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया