इकु एक्लैले १२ छोराछोरी कसरी पालिरहेको छ भन्ने मिडियाले बुझ्न सकेनन: सुलेमान शंकर [भिडियो कुराकानी]

इनेप्लिज २०७४ माघ १८ गते ११:३७ मा प्रकाशित

पिएनपिखबर: जिन्दगीमा आइरहने उतारचढावलाई पार गर्दै दुख र सुखलाई आत्मसाथ गरेर संसारमा एउटा उदारहणीय रुपमा देखा परेका निर्माता तथा कलाकार सुलेमान शंकर ईकु चिरपरिचित पात्र हुन्। मिहेनत, धैर्यता र लगनशीलताले गर्दा नै आफु यहाँसम्म आइपुगेको बताउने सुलेमान पछिल्लो समय संचार माध्यममा चलचित्रको व्यापारलाई लिएर हुने गलत प्रचारवाजी अन्त्य हुनुपर्ने बताउछन।

ईकु फिल्म बनाएर आफ्नै परिचय नै बदलेका सुलेमान शंकर अभिनीत नयाँ फिल्म फिर्के व्यावसायिक रुपमा सफल भइसकेको छ । यो फिल्मलाई उनी आफैंले निर्माण समेत गरेका हुन् । मिडियाले भने चलचित्रले राम्रो व्यापार नगरेको भनि प्रचार गरेपछि उनी मिडियाले गलत कुरालाई प्रश्रय दिएको आरोप समेत लगाए।

ईकुुको सफलतापछि उनले ईकु ब्याक अगेनु निर्माण गरे । तर, बक्स अफिसमा यो फिल्म नमज्जाले चिप्लियो । यो फिल्मको अफलताका कारण ईकुुले जीवनमा यति धेरै संघर्षको सामना गर्नुपर्‍यो कि जसले गर्दा उनले जिन्दगीबाट नै हार खाएका थिए ।

फिल्मको असफलतासँगै उनको श्रीमतीसँग डिभोर्स भएपछि हाल उनी १२ जना भूकम्प पीडित बालबालिकाको अभिभावक भएर स्याहार सुसार गरिरहेका छन् । पिएनपिखबरसँग कुरा गर्दै उनि अहिले खुसी रहेको बताउछन् । मिडियाले गलत प्रचारवाजी गर्नुको सट्टा आफुले गरेको सामाजिक कार्यको प्रचार गरेको भए सर्वसाधारणको लागि लाभदायी हुने उनले बताए ।

१२ जना छोराछोरीको भबिष्य बनाइदिन पाए आफुलाई आत्मसन्तुष्टि हुने बताउदै उनले आगामी दिनमा आफुले भ्याएसम्म र आर्थिक रुपोले सक्षम भएमा थप बालबालिकालाई आश्रममा राखी रेखदेख गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

हेर्नुस सुलेमानसँग गरिएको कुराकानी:

प्रतिक्रिया