शुक्रबार, फागुन ११ २०७४ | Fri, February 23, 2018
नेपालको समय: ०१:५९ | Washington DC: 15:14

मनाङलाई हराउँदै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सुनसरी, माघ २० । संकटा क्लब २०औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सुनसरीको धरान रंगशालामा भएको उद्घाटन खेलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

संकटाको जितमा विदेशी खेलाडी अनेष्ट टम्पले खेलको ७५औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनी नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

खेल अवधिभर आधादर्जन गोल गर्ने अवसर खेरफालेपछि मनाङ पहिलो खेलबाटै बाहिरियो ।

प्रतियोगिताअन्तर्गत् आइतबार आयोजक धरान फुटबल क्लब र दुर्गापुर स्टिल क्लब भारतबीच खेल हुने जनाइएको छ ।

८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक यामाहा मोटरसाइकल पाउनेछन् ।

२०७४ माघ २० गते १२:३३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी