क्यानेडियन नेवाः गुथि का युबा समुह द्वारा नब आगन्तुकहरुको लागि शिक्षा तथा रोजगार सम्बन्धि सुचनामुलक कार्यक्रम

इनेप्लिज २०७४ माघ २१ गते ८:३१ मा प्रकाशित

टोरोन्टो, ओन्टारियो राज्यको अध्यागमन तथा नागरिकता मन्त्रालयको सहयोग तथा क्यानेडियन नेवा गुथिको संयोजकत्वमा युबा समुहले नब आगन्तुकहरुको लागि टोरोन्टोमा शिक्षा तथा रोजगार सम्बन्धि अन्तर क्रियात्मक कार्यक्रम संचालन गरेको छ। कार्यक्रमको शुरुमा स्वागत मन्तब्य दिनु हुन्दै महा सचिब बिमल मान श्रेस्थले गुथिका क्रियाकलाप बारे जानकारी दिनु भयो। साथै उहाँले यो कार्यक्रम नेपाली समुदायका युबाहरुको सशक्तिकरण गरि सामुदायिक सेवा सम्बन्धि शीप अभिबॄद्दि गराउने उद्देश्यले संचालन गरिएको हो भन्नु भयो।

शिक्षा बिषयमा आफ्नो प्रस्तिति प्रस्तुत गर्नु हुन्दै श्रोत ब्यक्ति एबम स्थानिय सेन्टेनियल कलेजका प्रा. डा. तुल्सी धरेलले क्यानेडियन परिप्रेक्षमा यस्को महत्व बारे प्रकाश पार्नु भयो। उहाँले यहाँको शिक्षा प्रणाली बारे बोल्नु हुन्दै शैक्षिक योग्यताले रोजगारिको द्वार खुल्नु को साथै ब्यक्तित्व बिकासमा निखार आउँछ भन्नु भयो। उहाँले थप्नु भयो ” तर त्यस बाहेक ब्यक्तिले आफुले अपेक्षित रोजगार संग सम्बन्धित अनुभबि ब्यक्तिहरु (मेन्टोर) संग निरन्तर सम्पर्कमा रहि रहन्दा बढि अबसर प्राप्त हुने छ “।

रोजगार बिषयमा बोल्नु हुन्दै अर्का श्रोत ब्यक्ति एबम वाई. एम. सी. ए. मा नब आगन्तुक क्षेत्रमा कार्यरत बिशेषज्ञ शरिता भट्ट्ले क्यानडामा शैक्षिक योग्यता, अनुभबको साथै ब्यक्तिले आफुलाई पनि स्थानिय बजारमा स्वबजारिकरण गर्नु सक्नु पर्छ भन्नु भयो। क्यानडामा रोजगारी प्रक्रिया बारे जानकारी दिनु हुन्दै नब आगन्तुक हरुको रोजगारको लागि सरकारले सहयोग गर्ने सन्स्थाहरु खोलि राखेको र नबआगन्तुकहरुले सो सन्स्थाहरु संग सेवा लिई लाभान्वित हुनु पर्छ भन्नु भयो।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका संयोजक नबिन श्रेस्थले सोहि युबा समुहले आगामि फेब्रुवरि ११ का दिन पशुपति नाथ नेपाली मन्दिर , ब्राम्प्टनमा स्वास्थ्य, महिला सशक्तिकरण लगायतका बिषय हरुमा सुचनामुलक कार्यक्रमहरु गरिने भएकोले सहभागिताका लागि अनुरोध गर्नु भयो। कार्यक्रममा सहभागिहरुले सोधेका प्रश्नहरुको सम्बन्धित श्रोत ब्यक्तिहरुले उत्तर दिनु भएको थियो ।सो कार्यक्रम को संचालन बिषयगत युबा संयोजकहरु कमल कनेल, करिना श्रेस्थ तथा प्रबिण उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया