नापा (NAPA )कृषि कबिता प्रतियोगिताका बिजयी लाई नगद पुरस्कार प्रदान गरिने

इनेप्लिज २०७४ माघ २७ गते १:१५ मा प्रकाशित

आगामी २०१८ को मे महिनाको २६-२७ मा अमेरिकाको ओक्लाहोमा शहरमा हुन गईरहेको प्रथम (द्वैबार्षिकी) अधिवेशनमा बृहत् कृषि कबिता प्रतियोगिता को आयोजना गरिने भएको छ l

उक्त अवसरमा इच्छुक सम्पुर्ण कवि तथा कवियत्रीहरू आफ्ना रचना सहित उपस्थितिको लागि नापाले अनुरोध गरेको छ l संस्थाका अध्यक्ष डा लिला कार्की (बिद्या वारिधिले ) ईनेप्लिज संग कुरा गर्दै सबैको लागि यो अवसर भएकोले मौका नगुमाउन हुन् बिशेष अनुरोध गरेका छन् l

यसको साथै कृषि कबिता प्रतियोगिता समिति का संयोजक कृष्ण पौडेलले नियम समेत बनाईएको जानकारी दिदै कविता आगमी अप्रिल ८, २०१८ सम्म आई पुग्नु पर्ने बताएका छन् l यसको साथै अध्यक्ष डा कार्कीले प्रथम ,द्वितीय र तृतिय हुने लाई क्रमस $२००,( २० हजार )$१५०( १५ हजार )र $१०० ( १० हजार )तथा प्रमाण पत्र ले सम्मान गरिने बताएका छन् l

संयोजक कृष्ण पौडेलले श्रष्टा आफै उपस्थित भै बाचन गरिएका कबिता मात्र प्रतियोगितामा सामेल गराईने बताएका छन् l

प्रतियोगिताका नियमहरू यस प्रकार छन् ;जस्ताको त्यस्तै

1. कबिता कृषि बिभिन्न संकाय बिषय संग सम्बन्धित हुनुपर्ने छ।
2. कबिता शुद्ध नेपाली भाषामा २०० शब्दमा नबढाई लेखिएको हुनुपर्ने छ।
3. श्रष्टा आफै उपस्थित भै बाचन गरिएका कबिता मात्र प्रतियोगितामा सामेल गराईने छ।
4. श्रष्टा उपस्थित नहुनु भएको कबिता र उपस्थित श्रष्टाले आफ्नो थप कबिता बाचन गर्न चाहेमा समय हेरी अप्रतियोगिको रूपमा बाचनको लागि समय दिन सकिनेछ।
5. प्रतियोगिता को रूपमा बाचन गरिएका कबिताहरू ३ सदस्यीय अधिकार सम्पन्न निर्णायक समिति द्वारा मूल्याँकन गराईने छ l
6. उत्कृष्ट (प्रथम द्वितीय र तृतिय ) ३ कबिता लाई क्रमशस् $२००, $१५०, र $१०० तथा प्रमाण पत्र ले सम्मान गरिने छ।
7. कबिताहरू आगामि अप्रैल ८, २०१८ सम्म निम्न ठेगानामा आईपु्ग्नु पर्नेछ।

कबिता पठाऊनु पर्ने ठेगाना
1. [email protected]
2. [email protected]

नोटस्( यस कबिता प्रतियोगिता सम्बन्धि केहि जिज्ञासा वा सुझाव भएमा माथिको ईमेलमा वा मोबाईल नं 7656311694 मा सम्पर्क गर्न सक्नु हुने छ।

प्रतिक्रिया