स्कटल्याण्डमा छायांकन गरिएको लोक गीत “पानी पर्‍यो “सार्वजनिक

इनेप्लिज २०७४ माघ २७ गते १२:३३ मा प्रकाशित
स्कटल्याण्ड।  स्कटल्याण्ड नेपाली चलचित्रको गीत र   म्युजिक भिडीयो  छायांकनको लागि लोकप्रिय स्थल  बन्दै गरेको छ।  स्कटल्याण्डमा  छायांकन  भएको नेनेपाली चलचित्र “लिलिबिली” र “कृ” को गीतहरु चर्चित भएका छन्।  यसै क्रममा स्कटल्याण्डमा छायांकन गरिएको  नेपाली लोक गीत “पानी पर्‍यो गैरी खेतैमा ” को   म्युजिक भिडीयो  म्युजिक  नेपालको  युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।   सोहन घिमिरेको संगीत रहेको उक्त गीतमा  सोहन घिमिरे र पुस्तका खड्काको स्वर तथा नविन खड्का र सोहन घिमिरेको शब्द रहेको छ।   स्कटल्याण्डको राजधानी एडिनब्रामा छायांकन गरिएको उक्त गीतमा सृष्टि कार्की र सन्तोष गैरेले अभिनय रहेको छ।  मोहन कार्कीको कोरियोग्राफी रहेको उक्त गीतको निर्देशन/छायांकन/सम्पादन दिपेश रेग्मीको रहेको छ।

प्रतिक्रिया