अब अमेरिकामा जन्मेका बालबालिका संग हजुरबुवा/हजुरआमा ले नेपाली भाषामा दोहोरो कुरा गर्न सक्ने ,एएनएचएस यसको उदाहरण

इनेप्लिज २०७४ माघ २९ गते २३:५७ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी ,नेपालका हजुरबुवा हजुरआमा अमेरिका घुम्न आएका समयमा भाषाको कारण मौन बस्नु पर्ने अप्ठयारो अब टरेर गएको छ l कैयौ नेपाली समुदायले घरमा सन्तान संग नेपाली भाषामा नबोली दिंदा केहि समयका लागि अमेरिका आएका पहिलो पुस्ताका मातापिता आफ्ना नातिनातिनी संग अंग्रेजी बोल्न असमर्थ भएका कारण समय अवधि भन्दा छिट्टै नेपाल फर्कने गरेका कैयौ उदाहरण छन् l अब यो समस्याको समाधान बिस्तारै हट्दै गएको छ l

यसको ज्वलन्त उदाहरण अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा बिगत दुई बर्ष देखि संचालनमा आएको अमेरिका नेपाल शिक्षा सदन बनेको छ l अमेरिका नेपाल शिक्षा सदनले दोश्रो बार्षिक उत्सव विविध कार्यक्रम साथ भव्यताको साथ मनाउदै यस पाठशालामा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता ,क्रियाशीलता तथा नेपाली भाषाको प्रयोगले प्रमाणित गरि दिएको छ l दुई बर्ष सम्म अघि नेपाल बाट आएका हजुरबुवा हजुरआमा संग नेपाली भाषामा बोल्न नसक्ने बालबालिका धाराप्रवाह संग दोहोरो कुरा गर्न थालेका छन् l

र केही समयका लागि अमेरिका आएका ७० र ८० बर्षका उमेर कटेका हजुरबुवा तथा हजुरआमालाई ठूलो राहत भएको छ l अमेरिकामा जन्मेका नेपाली बालबालिकाहरुका हरेक हप्ता भाषा ,संस्कृति तथा नेपाल परिचय सम्बन्धी मुख्य लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाको औपचारिक रूपमा फेब्रुअरी ६ ,२०१६ देखि संचालनमा आएको हो l

डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा स्थापित सकृय मुनाफारहित सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने जिम्मेवार लिएको हो l कार्यक्रममा त्यही पाठशाला विद्यार्थीहरुले नेपाली भाषा सिकेर आफैले आफ्नो परिचय तथा मातापिताको परिचय संक्षेपमा दिएका थिए l यसको साथै समारोहमा स्वागत मन्तब्य तथा कार्यक्रम संचालन समेत उनीहरुलाई जिम्मेबार लगाईएको थियो l

दोश्रो बार्षिक उत्सवको सभापतित्व कमला खरेलले गरेकी थिइन् l ९६ बर्षिय उदय राज वस्ताकोटी लाई प्रमुख अतिथि बनाईएको थियो भने वहालाई खादा ओढाई सम्मान गरिएको थियो l

समारोहमा नेपाली राष्ट्रिय गान सयौ थुँगा फूलका हामी तथा अमेरिकन राष्ट्रिय गान सोहि पाठशालामा अध्ययनरत बिद्यार्थीहरुले गाएका थिए l कार्यक्रममा दोश्रो बार्षिक उत्सवका संयोजक तथा पाठशालाका शिक्षक रोम ज्ञवालीले पाठशाला बारेमा बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए l समारोहमा बिद्यार्थीहरुले नाचगान ,तथा केही आफ्ना प्रतिभा देखाएका थिए l

उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले अध्यापन गराई रहेका छन् भने नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षकहरु पनि रहेका छन् l

बिद्यालयको लागि नेपालको सरकारी तथा निजी बिध्यालयका पाठ्यक्रमका पुस्तक तथा नेपालका युकेजी देखि ३ सम्म का पाठयक्रम अनुसार पढाई जारी रहेको छ l

प्रतिक्रिया