प्रेम दिवसको लागि गाएको गीत

इनेप्लिज २०७४ फागुन २ गते २२:३२ मा प्रकाशित

तिमी फूलको राजा गुलाब हौ भने प्रिय,
म तिम्रो जिन्दगीको सूर्य बनि चम्काई दिउला ।
यदि तिमी अपसराकी रानी रम्भा हौ भने प्रिय
तिम्रो सौन्दर्यलाई, ईन्द्रेणीरंगले रंगाई
हृदयभित्र सजाइ राखौंला ।
यदि तिमी मेरो संसार हौ भने,
म तिम्रो चन्द्रमा बनि वरिपरि घुमी रहौला ।
यदि तिमी प्रशान्त महासागरको टापू हौ भने
म सागर भनि तिम्रो वरिपरि शितल हावा छरि दिँउला ।
यदि तिमी जीवनको रथ हौ भने प्रिय,
म तिम्रो रथलाई डो¥याउने चक्का बनि गुडि दिँउला ।

डिग बहादुर तामाङ्ग
मेरिल्याण्ड, अमेरिका ।

प्रतिक्रिया