अस्ट्रेलियाका मन्त्रीद्वारा एक नेपालीलाई सम्मान

इनेप्लिज २०७४ फागुन ३ गते ११:३६ मा प्रकाशित


अस्ट्रेलीयाका अर्थ सहायक मन्त्री डेविड काेलम्यानले समुदायमा सकारात्मक योगदान पुर्याएको भन्दै एक नेपालीलाई कदर तथा सम्मान गर्नुभएको छ । योग , सकारात्मक सोच र खुसीहुने कलालाई विश्वका विभिन्न समुदाय विच फैंलाउंदै आउनु भएका नेपाली आचार्य राजन शर्मालाई कदर पत्र सहित मन्त्री कोलम्यानले एक समारोहविच सम्मान प्रदान गर्नु भएको हो।

उहांले सो अवसरमा नेपाली समुदायका कारण अस्ट्रेलियाको सामुदायिक नीतिहरूमा सघाउ पुगेको बताउंनु भयो ।नेपाली अर्थराज्यमन्त्री उदय शम्सेर राणा समेतको समुपस्थितीमा दीएको यो सम्मानले नेपालीकै उचाइ बढाएको आयोजक पेन्सस नेपालीज कम्युनिटिका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताउंनु भयो । समुदायका विभीन्न स्थानमा पुगेर नियमित रुपले उत्प्रेरणा जगाउंने , योग तथा पुर्वीय विज्ञानको प्रयोगात्मक अभ्यास गर्ने , खुसीहुने कला सम्बन्धी हजारौंको विच उत्प्रेरणात्मक सेमिनार गर्दै आउनु भएका आचार्य राजन शर्मालाई भीमसेन सापकोटाको नामले पनि चिनिन्छ । विश्व शान्ति परिषदका ,विश्व शन्ति दुत तथा नेपाल फिजी सान्स्कृतिक दुत आचार्य हाल अस्ट्रेलियाको भिक्टोरिया विश्वविध्यालयका प्रध्यापक समेत हुनुहुन्छ

सो अवसरमा अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा , न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काको समेतले आ-आफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रम लिबरल फ्रेन्डस् अफ नेपाल र पेन्सस नेपाली समुदायले आयोजना गरेको थियो ।

शर्माका विभिन्न उत्प्रेरणात्मक कार्यक्रमहरूलाई निम्न च्यानल मार्फत हेर्न सकिने छ ।

 

प्रतिक्रिया