राजदूताबास बेलायतले पहिलो पटक ‘प्रजातन्त्र दिवश’ मनायो

इनेप्लिज २०७४ फागुन ७ गते २३:०७ मा प्रकाशित

रोशन मेवाहाङ्ग–

लण्डन । राष्ट्रिय प्रजातन्त्र दिवशको शुभ उपलक्ष्यमा नेपाली राजदूतावासले संयुक्त अधिराज्य, वेल्सको राजधानी कार्डिफमा एक विशेष समारोहको आयोजना गर्दै दूतावास बेलायतले पहिलो पटक प्रजातन्त्र दिवश मनाएको हो ।

संसारमा सकरात्मकरुपमा कहलिएका राजदूत साहित्यकार तथा डा सुवेदिले लण्डन बाहिर वेल्स राज्यका कार्डिफ, व्रेकन, स्वान्सी, कुम्ब्रान, न्यूपोर्ट, निथ र एवरगामानी लगायतमा बसोबास गर्ने नेपालीहरु, गैर आवासीय नेपाली संघ लगायत नेपाली संघसंस्था , समाजका पदाधिकारी, र प्रतिनिधि लगायत हजारौ नेपालीका साथ वेलायती नागरिकहरुको उपस्थिति रहेको समारोहमा वेलायती सांसद सम्माननीय मंन्त्रि डेविश प्रमुख अथिति रहेका समारोहमा कार्डिफ, ब्रेकन, बनाथ र तालघाट नगरका मेयर, वेल्स संसदका सदस्य , पदाधिकारीहरु एवं नेपाल र नेपालीसंग सम्बद्ध गैरसरकारी संस्थाका प्रमुख र पदाधिकारीहरु,रोजिहिरा फोन्डेश्सशनका अध्यक्ष रोजिना प्रधान,एन आरएन बेलायतका निर्वतमान उपाध्यक्ष हिराधन राई र नेपाल प्रहरीका पूर्व डि यस पी शिवजी श्रेष्ठ उपस्थिति रहेका थिए ।

उक्त समारोहमा स्वागत मन्तव्य दिदै संयुक्त अधिराज्यकालागि नेपाली राजदूत महामहिम डा. (दुर्गा बहादुर सुवेदी) दुबसुले भने –‘मुलुकमा लोकतन्त्र स्थापना र पुनस्र्थापना गर्न जीवन उत्सर्ग गर्नुहुने शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दैै लोकतन्त्रको उज्यालोमा नेपालमा नागरिक अधिकार, वालिग मताधिकार र मानवाधिकारको जग बसेको छ ।’ यसै वर्ष स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई सम्माननीय श्री के.पी.शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद गठन भई तीनै तहमा सरकार निर्माण भइसकेको जानकारी गराउदै डा. सुवेदीले राजनैतिक उपलव्धीहरु संस्थागत भई मुलुकमा राजनैतिक स्थायित्व हाँसिल भइसकेको परिप्रेक्ष्यमा अब मुलुकको एक मात्र लक्ष्य आर्थिक विकास र समृद्धि रहेको प्रकाश पारेका थिए । मुलुकमा आर्थिक विकासको मार्गमा अग्रसर भइरहेको यस घडीमा देश बाहिर रहेका नेपालीहरुका पनि आर्जित पूँजी, शिक्षा, दक्षता र अनुभवद्धारा नेपालमा योगदान अपरिहार्य रहेको बताउदै. सुवेदीले नेपाल र नेपालीलाई कष्ट ,कठिनाई पर्दा वेलायतवासी नेपालीहरुको सधैं साथ र सहयोग रहिरहने बताएका थिए  ।

समारोहका प्रमुख अथिति वेलायतका राजनीतिक मंण्डलका प्रतिनिधि सदस्य सम्माननीय श्री डेविशले यसैवर्ष तीन तहको निर्वाचनद्धारा विधिवत सरकार गठन भई नेपालमा लोकतन्त्र संस्थागत हुनुका साथै राजनैतिक स्थायित्व हाँसिल भएको परिप्रेक्ष्यमा अबको नेपाल र नेपालीको गन्तव्य आर्थिक विकास रहनु उपयुक्त रहेको विचार व्यक्त गरेका थिए । नेपाल र बेलायत विँच दुई सय वर्ष भन्दा लामो दौत्य सम्बन्ध रहेको मित्रतालाई सधै सुमधुर, प्रगाढ मात्र नभई ऐतिहाँसिक रहेको बताउदै नवनिर्वा्चित सरकारलाई वेलायत सरकार, वेलायती सांसद , वेलायती जनताको सहयोग र समर्थन रहिरहने जिकिर गरेका थिए ।

राजदूतावासका सक्रिय सार्थक गतिविधिहरुको प्रशंसा गर्दै सांसद डेविशले वेलायतमा रहेका नेपाली समाज संगठित, गतिशील र जीवन्त रहिरहने उल्लेख गरेका थिए ।

प्रतिक्रिया