जीवनका रंगहरु ( Colors of Life) :सुवास ढकाल एवं सिजा गौतम ढकाल

इनेप्लिज २०७४ फागुन ७ गते २३:२० मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l आजको प्रस्तुति भने अलि भिन्नै छ। आज हामी समक्ष स्वयम् प्रस्तुत हुनुहुन्छ – कार्यक्रमका प्रस्तोता सुवास ढकाल एवं सिजा गौतम ढकाल ।

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

जीवन जिउनु हो | अनेक किसिमका वाधा-आवरोध , आरोह-अवरोह, उकाली-ओराली, उन्नति-अवनति, मित्रता-दुश्मनी, प्रेम-घृणा, सहमति-गुनासो एवं जाँगर-थकान का वावजुद पनि निरन्तर अघि बढ्दै जिउनु नै जीवन हो ।

२) खुशी (Happiness) के हो ?

मनको सन्तुस्टि नै खुशी हो ।

३) कर्तब्य (Responsibility) के हो ?

आफैं अघि बढेर गरिने कर्म नै कर्तव्य हो ।

४) सम्बन्ध (Relationship) के हो ?

सम्बन्ध साथ हो । हरेकसंग अलग अलग हुन्छ सम्बन्ध अनि यो नापेर पनि नाप्न सकिदैन र जोखेर पनि जोख्न सकिदैन ।

५) आत्मीयता (Intimacy) के हो ?

मनको गहिराई बाटै विश्वास गरिएको सम्बन्ध आत्मीयता हो |

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

आजको प्रस्तुतकर्ता :विजय थापा

 

प्रतिक्रिया