अमेरिकाको लागि आप्रवासीहरुले गरेका मुख्य ९ योगदान , राष्ट्रपति ट्रम्पले मुख खुम्च्याउनु नपरोस ?

इनेप्लिज २०७४ फागुन ८ गते २:१९ मा प्रकाशित

वास्तव मा के आप्रवासीहरुले अन्य अमेरिकनहरुका अवसरहरुलाई खोसेर लिएका हुन् त भन्ने मुख्य सवाल तातो बहस को रुपमा लामो समय देखि नै चलि रहेको छ l अझ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भए पछि आप्रवासी का मुद्धा चुलीमा पुगेको छ l अझ पनि शीर्ष स्थानमा नै प्रमुख मुद्धाको रुपमा यो पर्दछ l

यसो तथ्य र सत्य हेर्ने हो भने आप्रवासीहरुले अमेरिकाको लागि गरेका मुख्य ९ योगदानको जति नै प्रसंसा गरे पनि कम हुन्छ l अमेरिकाको समग्र विकासको लागि आर्थिक ,प्राविधिक,चिकित्सा तथा साँस्कृतिक वृद्धिमा अतुलनीय योगदान निरन्तर छ l

कानुनी रुपमा अमेरिका आएका आप्रवासीहरुले अमेरिकामा जन्मेकाहरु नागरिकका जागिर धरापमा पार्ने र छिन्ने भन्ने कुरा तर्क ल्याउने गरिन्छ l तर संकलित गरिएका तथ्यांक हेर्दा बिल्कुल फरक देखाएको छ l

कैयौ सवालमा कानुनी रुपमा अमेरिका आएका या ल्याईएका आप्रवासीहरुले अझ ज्यादा जागिर दिने गरेका छन् l यसको साथै चिकित्सा श्रोत तथा शैक्षिक प्राप्तिहरुमा समेत ज्यादा यिनै आप्रवासीहरुले काम गरेका छन् l

स्मरण रहोस,दि एसोसिएसन अफ अमेरिकन मेडिकल कलेज ले आप्रवासीहरुलाई रोक लगायो भने अमेरिकामा चिकित्सकहरुको अभाव हुने चेतावनी समेत सरकारलाई दिएको छ l

अमेरिकाको समग्र आर्थिक ,प्राविधिक,चिकित्सा तथा साँस्कृतिक वृद्धिमा आप्रवासीहरुको योगदान को जति बिकुल बझाए पनि कम नै हुन्छ l

आप्रवासीहरुले अमेरिकाको लागि गरेका मुख्य ९ योगदानहरु :

.१ अर्ब डलर भन्दा ज्यादा सम्पत्तिक कम्पनि (प्रतिष्ठान) मा अप्रवासीहरुको योगदान :

आश्चर्य को कुरा अमेरिकामा १ अर्ब डलर भन्दा ज्यादा सम्पति भएका कम्पनि (प्रतिष्ठान) को योगदानको चर्चा गर्ने हो भने तथ्यांकले के देखाएको छ भने ५१ प्रतिसत लगानीकर्ताहरु अमेरिकामा जन्मेका हैनन । उदाहरणको लागि सवारी साधन उवर तथा पे-पाल आदिलाई लिन सकिन्छ ।

यति मात्र हैन ७० प्रतिसत यसका आप्रवासी कामदारहरु व्यवस्थापन तथा विकास टोलीका मुख्य पदमा समेत यिनैको हाली मुहाली छ l

बिद्यार्थीको प्रवेश आज्ञा बाट आएकाहरु व्यापारका संस्थापक :

अमेरिकामा रहेका चर्चित तथा थुप्रै ब्यापार उद्योग आदि ईत्यदिको लगानीमा थुप्रै देशबाट बिद्यार्थीको (भिसा )प्रवेशआज्ञा बाट आएकाहरु व्यापारका संस्थापक हरु भएका छन् l आश्चर्य को कुरा के भने युनिकर्न का संस्थापकहरुमा ५० प्रतिसत बिद्यार्थी भएर आएको तथ्यांकले देखाएको छ ।

उदाहरणको लागि टानियममा संस्थापक डेविड हिन्डअ, स्पेसएक्स, टेस्ला तथा पे पालका एलोन मस्क,स्ट्राईप क कोलिसन दाजुभाई आदी ईत्यादी l बिद्यार्थी प्रवेश आज्ञामा आएका बिद्यार्थीहरुले केवल प्रतिभाशाली मात्र नल्याएर दिर्घकालिन सम्बन्ध निर्माण गराई दिन्छन ।

अमेरिकामा स्थाई जागिर दिने संस्थापकहरु अमेरिकामा जन्मेका हैन :

आप्रवासीहरुले खोलेको प्रतिष्ठानहरुले आर्थिक रुपले अमेरिकाका सम्पन्न बनाउने मात्र हैन उनीहरुले हजारौ जागिर निर्माण गरि बेरोजगारीमा ठुलो भूमिका निर्वाह गरेका छन् ।

भनिन्छ अप्रवासी संस्थापकहरु जागिर निर्माण गर्ने श्रस्टा हुन् l भनिन्छ १ सय ५९ नया अमेरिकन जागिर दिने र निर्माण गर्ने मध्ये यिनै अप्रवासीहरु रहेको तथ्यांकले देखाएको छ ।

नया व्यापार को निर्माण यिनै आप्रवासीहरुको अहम भूमिका :

अमेरिकमा नया व्यापार को निर्माण तथा श्रेय धेरै जसो आप्रवासीहरुलाई जान्छ l गत एक दशकको बजार हेर्ने हो भने ६० प्रतिसत भन्दा आम्दानी यिनै अप्रवासीका आफ्ना ब्यबसायले गरेको तथ्यांक छ । यसको साथै २५ प्रतिसत सवै नया व्यापार यी आप्रवासीहरुको पहलमा खोलिएको छ । जसको सिधा योगदान अमेरिकन अर्थतन्त्रमा पर्दछ l

यसको साथै अप्रवासीहरु २ सय प्रतिसत अमेरिकामा नया ब्यापार गर्न चाहान्छन यही जन्मेका अमेरिकनहरुको तुलनामा l ४० प्रतिसत फर्चुन ५०० कम्पनि का संस्थापकहरु कम्तिमा एक आप्रवासी अथवा बाल्य अवस्थामा अप्रवासी रहेको थियो भनि तथ्यांकले देखाएको छ ।

ग्रिन कार्ड (अस्थाई आवासीय पत्र ) ईनाम आर्थिक उद्देस्यको लागि हैन :

वास्तवमा हेर्ने हो भने आप्रवासीहरुले अमेरिकन आर्थिक वृद्धि तथा जागिर निर्माण गर्न जुन अहम भूमिका निर्वाह गरेका छन् वास्तवमा त्यो अस्थाई आवासीय पत्र वितरण गर्ने अनुपात लाई हेर्ने हो भने अझ कम हुन्छ l अमेरिकाको समग्र आर्थिक विकासमा जुन आप्रवासीले गरेका छन् त्यसको दाजोमा केवल ७ प्रतिसतलाई मात्र हरियो पत्र दिइएको छ भनि तथ्यांक निकालेको छ ।

आधा भन्दा ज्यादा बिद्या वारिधि (पीएचदि )गरेका लाई अमेरिकामा बस्न अनुमति दिदैन :

यसो हेर्ने हो भने ,अमेरिकामा विधा वारिधिका लागि आएका ५० प्रतिसतहरु अमेरिका बाहिर जन्मेका हुन्छन । आप्रवासी अधिकतम सीमा(ईमि ग्रेसन क्याप )को कारण उनीहरु देश छोड्नु पर्ने हुन्छ l जसको कारण कैयौ अस्पताल तथा चिकित्सा पेशामा अभाव भै नकारात्मक प्रभाव पर्न गइ रहेको छ l गाउँमा अझ खराव अवस्था छ भने अमेरिकाको कुल जनसख्यामा केवल ९ प्रतिसत चिकित्सक मात्र पेशेवर छन् भनि तथ्यांक छ l

आप्रवासी नया खोज र अन्य बिरामीमाथि नेतृत्व गर्न सफल छन् :

आप्रवासीले बिद्यालयमा मात्र उच्च शिक्षा हासिल गर्ने मात्र हैनन कि उनीहरु नया अनुसन्धान तथा प्राविधिक खोजीमा जाने गर्छन l यति मात्र नभई अमेरिकाका बिश्व बिद्यालयमा ७६ प्रतिसत आप्रवासीहरुहरु पेटेन्ट (एकस्व अधिकार पत्र) उत्पादन समेत गर्ने गर्छन भनि तथ्यांकले जनाएको छ । ७९ प्रतिसत सवै फर्मास्यु टिकल (ओखति निर्माण गर्ने प्रतिष्ठान )का पेटेन्ट निर्माण गर्ने तथा उत्पादन गर्ने बैज्ञानिक सवै अमेरिका बाहिर जन्मेका हुन् भनि तथ्यांकले देखाएको छ ।

अप्रवासीहरु बिकशित उपाधि नभएता पनि उनीहरु अत्यधिक शिक्षित हुन्छन :

अप्रवासीहरु पढे लेखेका हुदैनन भन्ने आरोप लाग्दछ l वास्तवमा अन्य देशमा जन्मेका मानिसहरु निकै शिक्षित भएको देखाएको छ । अमेरिकाको स्नातक को कुरा गर्ने हो भने अमेरिकामा जन्मेको र बाहिर जन्मेकोमा प्रतिसत मात्र फरक रहेको देखाएको छ ।

वास्तवमा ३३ प्रतिसत जनसंख्यमा २५ बर्ष भन्दा ज्यादा उमेरका अमेरिकामा जन्मेकाहरु ले स्नातक गरेका हुन्छन भने अमेरिका बाहिर जन्मेका आप्रवासीहरु संग ३२ प्रतिसत जन संख्याको त्यही उमेरकाले स्नातक गरेको देखाएको छ ।

यसको साथै गत दुई दशक देखि स्नातक गर्ने को संख्या दोब्बर भएको छ भने ५० प्रतिसत अप्रवासीहरु सन् २०१० देखि २०१५ मा आएकाहरु सवैले स्नातक गरेका छन् l जुन १९९० मा केवल २७ प्रतिसत रहेको थियो भने सन् २००६ मा केवल ३३ प्रतिसत मात्र रहेको थियो ।

नोवेल पुरस्कार पाउनेहरु समेत अप्रवासीहरु :

सन् २०१६ मा ६ जना अमेरिकनले नोवेल पुरस्कार पाए त्यी सवै नोवेल पुरस्कार बिजेताहरु आप्रवासी थिए l सन् २००० देखि ४० प्रतिसत नोवेल पुरस्कार पाउने बिजेताहरु अमेरिका बाहिर जन्मेका हुन भनि आफ्नो लेखक रायन म्याकरेडीले सन् २०१७ मा लेखेका थिए l

अमेरिकाको समग्र विकासको लागि आर्थिक ,प्राविधिक,चिकित्सा तथा साँस्कृतिक वृद्धिमा अतुलनीय योगदान निरन्तर छ l यो क्रम जारि रहने छ । आप्रवासीको योगदानको कदर गरौ । सम्मान गरौ l हाम्रा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आप्रवासी को नाम सुन्ने बित्तिकै मुख खुम्च्याउनु नपरोस !

प्रतिक्रिया