हावा सरर लिएर आए बहु प्रतिभाका धनी आसु प्रनव (भिडियो सहित)

इनेप्लिज २०७४ फागुन १२ गते १४:१६ मा प्रकाशित

काठमाडौं । हरेक विधामा हात हालेर सफल समेत बने आसु प्रनवको नयाँ कोशेली हालै सार्वजनिक भएको छ । “हावा सरर” बोलको रोमान्टिक पप गीतको शब्द तथा संगीत दि एञ्जल ग्रुप (चौतारा) ले तयार गरेको छ भने स्वर आसु प्रनवको रहेको छ । आसु प्रनव स्वयमको निर्देशन रहेको भिडियोको छायाँकन सरोज थापाले गरेका छन् । आसु प्रनव, एञ्जल श्रेष्ठ, राम कार्की र सोनी श्रेष्ठले अभिनय गरेको भिडियोको सम्पादन राजन शाक्यले गरेका हुन् ।

सानो उमेर देखि नै गीत/संगीत र कलाकारिता क्षेत्रको लागी मरि हत्ते गर्ने व्यक्तिको व्यक्तिको रुपमा आसु प्रनव चिनिन्छिन् । लगावको निरन्तरताले सफलता जसरी पनि दिलाएर छाड्छ । यो मान्यता मनमा लिई रहे उनले अनि गरि रहे संघर्ष । उनको दैनिकीले निरन्तर १७ वर्षसम्म संघर्षका पाईला चालि रहयो । पाईला पाईलामा आएका अवरोधहरु पन्छाई रहे अवरोधका अगाडी कहिल्यै पछि हटेनन् अघि बढि रहे अनि आज सामाजिक सञ्चालमा लाखौंको खोजीमा पर्ने व्यक्तिको रुपमा आफुलाई स्थापित गरे । ती नै प्रतिभाले हालसम्म आफ्नो स्वरमा डेढ दर्जन भन्दा बढी गीत रेकर्ड गरि सकेका छन् आधा दर्जन भन्दा बढी गीतहरुको भिडियो समेत दिई सकेका छन् । राम्रो शब्द बनाउँन र संगीत श्रृजना गर्न माहिर उनले अभिनयमा पनि धेरैको मन जिति सकेका छन् भने पाँच वटा भिडियोमा उनले गरेको निर्देशनले पनि दर्शकबाट तारिफ पाएको छ ।

बाँकी भिडयोमा हेर्नुहोस् :

प्रतिक्रिया