देवघाटको वेदवेदाङ्ग स्कूललाई महालक्ष्मी बैंकको सहयोग

इनेप्लिज २०७४ फागुन १२ गते १४:३५ मा प्रकाशित

शिशिर सिंखडा
देवघाट, चितवन, फागुन १२ ।
देवघाटधामको वेदवेदाङ्ग स्कूललाई महालक्ष्मी बिकास बैंक नारायणगढ शाखाले शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । आज (शनिवार) एक कार्यक्रमका बिच बैंकका शाखा प्रबन्धक श्यामवावु तिमिल्सीनाले गलेश्वर आश्रमका पिठाधिस आत्मनन्द गिरिजी महाराजलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा वोल्दै गलेश्वर आश्रमका पिठाधिस आत्मनन्द गिरिजी महाराजले हरेक व्यवसायीक संस्थाहरुले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरे राष्ट्रले प्रगती गर्ने वताए । उनले महालक्ष्मी विकास बैंकले प्रस्तुत गरेको उदाहरण अरुले पनि अनुकरण गर्नुपर्ने वताए । सबैको साथ, सहयोग र हातेमालोका कारण गलेश्वर आश्रम र विद्यालय नमूनाको रुपमा स्थापित भएको समेत उनले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत रहेर आश्रमले संचालन गरेको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको बैंकका शाखा प्रमुख श्यामवावु तिमिल्सीनाले वताए । बैंकले सामाजिक कामलाई निरन्तरता दिँदै बैंक र गलेश्वर आश्रमको सम्वन्ध निरन्तर रहिरहने समेत वताए ।

कार्यक्रममा देवघाट गाँउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष याल वहादुर गुरुङ, गलेश्वर आश्रम संचालक समितिका सचिव तथा महालक्ष्मी विकास वैंकका पूर्व संचालक समिति सदस्य प्रेम कुमार उलक, महालक्ष्मी बैंक लायन्सचोक शाखा प्रवन्धक अजय कुमार सापकोटा, बंैकका कर्मचारी रेशमलाल सापकोटा लगाएतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
सो गलेश्वर आश्रममा २ सय वृद्धवृद्धा आश्रित रहेका छन् भने आश्रम द्धारा नै देवघाट धमार्थ अस्पताल र वेदवेदाङ्ग विद्यालय संचालन गरिएको छ ।

प्रतिक्रिया