चितवनको कालिकामा शिक्षक महासंघको भेला

इनेप्लिज २०७४ फागुन १२ गते १४:३९ मा प्रकाशित

कालिका, चितवन, १२ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ८ कालिका मन्दिरमा कालिका नगर स्तरीय नेपाल शिक्षक महासंघको अन्तरक्रिया तथा वनभोज कार्यक्रम आज भएको छ । नगरभित्र रहेका सम्पूर्ण शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिक विकास गर्न सबै शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने बताइएको थियो । भेलामा कालिका नगरभित्रका सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न सबै शिक्षकहरु एकबद्ध हुने समेत बताइएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले विद्यालयको शैक्षिक विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताए । शैक्षिक गुणस्तरको विकासको लागि योजना ल्याउन समेत उनले अनुरोध गरेका थिए । नेपाल शिक्षक महासंघ कालिका नगरका अध्यक्ष जीत बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय उप–महासचिव पूर्ण प्रसाद दवाडी, कालिका नगरपालिकाका जिल्ला शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले, नेपाल शिक्षक महासंघका जिल्ला सह–अध्यक्ष गुरु पौडेल, स्रोत व्यक्ति राजेन्द्र बाबु ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष पूर्ण बहादुर पुरी, नेपाल राष्ट्रिय शिक्षक संगठन कालिका नगर अध्यक्ष सूर्यभक्त अधिकारी, नेपाल शिक्षक संघ कालिकाका अध्यक्ष मदन खनाल, एकिकृत अखिल नेपाल शिक्षक संगठन कालिकाका अध्यक्ष मञ्जु सिंखडा, नेपाल शिक्षक महासंघ कालिका नगर उपाध्यक्ष बाबुराम अर्याल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया