प्रथम बर्दिबास महोत्सब २०७४ फाल्गुण १५ गते बाट २५ गते सम्म हुदै

इनेप्लिज २०७४ फागुन १३ गते ११:५४ मा प्रकाशित

काठमाडौँ: बर्दिबासलाइ एक आपसी सदभाब को पहिचान तथा नमुना शहर तथा प्रदेश न २ को व्यापारिक केन्द्रबिन्दु बनाउने अभियान सहित २ न. प्रदेश स्तरिय प्रथम बर्दिबास औधोगिक, ब्यापार, कृषि, पर्यटन प्रबर्धन तथा नेपाल आदिबासी जनजाति महोत्सब २०७४ फाल्गुण १५ गते देखि २५ गते सम्म भव्यताको साथमा सम्पन्न हुने भएको छ l बर्दिबास नगरपालिका वडा न. १ स्थित बसपार्कको दक्षिणको चौर काठेपुल संगै हुन लागेको महोत्सब बर्दिबासको आर्थिक सम्बृदीको लागि सहायक सिद्द हुने स्थानिय बासिन्दाको भनाइ छ l त्यस क्षेत्रमा रहने स्थानियबासिहरुलाई सर्ब सुलभ तरिकाले सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उदेश्यले सुरु गरिन लागेको मेलाले समग्र बर्दिबासबासिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने भएको छ l

बर्दिबास उधोग बाणिज्य संघ बर्दिबास महोत्तरी, आदिबासी जनजाति समन्वय परिषद महोत्तरीको मुख्य आयोजना तथा बर्दिबास नगरपालिकाको सह आयोजना र लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको संयुक्त आयोजनामा २ न. प्रदेश स्तरिय प्रथम बर्दिबास औधोगिक, ब्यापार, कृषि, पर्यटन प्रबर्धन तथा नेपाल आदिबासी जनजाति महोत्सब २०७४ फाल्गुण १५ गते देखि २५ गते सम्म आयोजना हुन लागेको हो l बर्दिबास आफैमा आफैमा एक व्यापारिक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले बर्दिबासको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास क्षेत्रलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए l

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ l

२ न. प्रदेश स्तरिय प्रथम बर्दिबास औधोगिक, ब्यापार, कृषि, पर्यटन प्रबर्धन तथा नेपाल आदिबासी जनजाति महोत्सब २०७४ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी आयोजक समितिका संयोजक सुदिप कार्कीले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् l औधोगिक शान्ति नेपाल सस्थामा अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिबमा शंकर गुरुङ , कोषाधक्ष्यमा प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापकमा बिनोद जैसवाल रहेको छन l

प्रतिक्रिया