भर्जिनिया टेक मा अध्ययनरत नेपाली विद्यार्थीहरुको बार्षिक उत्सव सम्पन्न

इनेप्लिज २०७४ फागुन १३ गते १५:५५ मा प्रकाशित


अमेरिकाको भर्जिनिया राज्यकोको ब्लाक्स वर्ग स्थित अमेरिका कै चर्चित भर्जिनिया टेक बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले आफ्नो बार्षिक उत्सव भव्यताका साथ मनाएका छन् । सन् १८७२ मा स्थापित भर्जिनिया पोलीटेकनिक ईन्सटिट्युट एण्ड स्टेट युनिभर्सिटी संक्षेपमा भर्जिनिया टेक नामक उक्त बिश्व बिद्यालयका नेपाली बिद्यार्थीहरुले करिव दुई घण्टाको सांस्कृतिक कार्यक्रममा आफ्ना प्रतिभा प्रस्तुति गरेका थिए ।

गत फेब्रुअरी २४ तारिख शनिबार सम्पन्न उक्त कार्यक्रममा बिधार्थीका अभिभावक /बाबुआमा गरी करिव३ सय जनाको सहभागिता थियो । उक्त बिश्वबिद्यालयमा करिव ५० जना नेपाली अध्ययन गर्दछन ।

कार्यक्रममा नेपाली विद्यार्थी एसोसिएसन भर्जिनिया टेकका अध्यक्ष आलोक बराल ,सोहि बिश्व बिद्यालयका प्रा देबी ज्ञवाली र नेपाल अमेरिका सोसाइटी कि अध्यक्ष प्रभा देउजा ले मन्तब्य दिएका थिए ।

कार्यक्रममा नेपाली चलचित्रका साथै अन्य नेपाली गीतमा त्यहा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । उक्त बार्षिक सांस्कृतिक कार्यक्रममा छोटो एकांकी नाटक र सोही बिश्व बिद्यालयका बिद्यार्थीहरुको मोमो सम्बन्धी गीत दर्शकले निकै रुचाएका थिए ।

IMG_1863

 

Nepalese Student Association द्वारा आयोजित वार्षिक सास्कृतिक कार्यक्रम Blacksburg (Virginia Tech )बाट प्रत्यक्ष् प्रसारण

Posted by Enepalese on Saturday, February 24, 2018

प्रतिक्रिया