“पृथक धारको गीति एल्बम “इन्दुरे मिन्दुरे” को बिमिचन सम्पन्न’ निर्देशनमा रोज्वे रेग्मीको उदय”

इनेप्लिज २०७४ फागुन १३ गते १६:२९ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले आज राजधानीको प्रज्ञा भवन कमलादीको एक सभाकक्षमा गीतकार तथा संगीतकार पुस्कर पराजुली, संगीत संयोजक सुमित बिस्वकर्मा र गायक पुष्पन प्रधान द्वारा स्वर बद्ध गीति एल्बम “इन्दुरे मिन्दुरे” को बिमोचन सम्पन्न गरेको छ । एल्बमको बारेका गायक पुष्पन प्रधानले आफ्नो भनाइ राख्दै , गित खोज्न म बजार बाट वाक्कै भएर आफ्नै गाउँ पसेको बेला आदरणीय बुबा समानका पुस्कर पराजुली सर संग कुराकानी भयो । त्यस बेला उहाँले पुष्पन म संग यस्तो गीतहरु पनि छन् भन्दै हेर्न दिनु भयो । जुन गीतहरु म आफैले पनि खोज्दै हिंडेको थिए । त्यस पछी ति गीतहरु सबै मन परेको कारण नाफा नोक्सानको मैले कुनै कुरा नसोची संगीत संयोजक सुमित बिस्वकर्मा ज्यु समक्ष पुगें र उहाले सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भए पछी म झनै खुसि भएँ । साथै बाजा गाजाको सबै अभिभारा कुटुम्भ परिवारले गरिदिने पक्का भए पछी त झनै मलाई यो एल्बम तयार गर्न निकै सहयोग पुगेको थियो । राजु महर्जनको दाईको कारण पनि यस एल्बमलाई जिबन्त दिन निकै सहयोग पुगेको छ भन्दै आफ्नो भनाइ ब्यक्त गरेका थिए ।

एल्बम “इन्दुरे मिन्दुरे” भित्र आठ बजे जान्छ , डम्पिंग ग्राउण्ड, झमझम रसिया , चिमुसी चि र इन्दुरे मिन्दुरे बोलको गीत समाबेश रहेको छ ।डुवर्स चिलाउने चियाबारीमा १९८२ फरवरी २८ मा जन्मिएका गायक पुष्पन प्रधान, आमा निरकुमारी प्रधान , पत्नी निर्मिता प्रधान, छोरो स्वभ्यम प्रधान भित्रको एक सदस्य हुन् । उनको बुबा श्री देवकुमार प्राधन ,को भने निधन भैसकेको छ । उक्त बिमोचन कायक्रममा गीतकार तथा संगीतकार पुस्कर पराजुलीले एल्बमको नाम  “इन्दुरे मिन्दुरे” बारेमा पनि प्रस्ट्याएका थिए ।

बिन्धयाबासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशन सुबाश रेग्मी लगाएले एल्बमको पूर्ण सफलताको शुभकामना ब्यक्त गरिसके पछी गायक पुष्पनले एल्बम भित्रको ५ वटा गीत प्रतक्ष रुपमा गाएर उपस्थित पत्रकार एवं आफ्नो शुभचिन्तक हरुलाई आनन्दित प्रदान गरेका थिए । पछिल्लो समयमा बजारमा आएका माया पिरतीका गीतहरु भन्दा एल्बम भित्र समाबेस गरिएका सबै गीतहरु सामाजिक यथार्थता संग सम्बन्धित रहेको छ । जस मध्ये आठ बजे जान्छ बोलको गीतको म्युजिक भिडियो समेत सार्बजनिक गरिएको थियो । यस गीतको म्युजिक भिडियोमा सफर पोख्रेलको अभिनय रहेको छ भने रोज्वे रेग्मीको निर्देशन रहेको छ । उनको यो उत्कृष्ट म्युजिक भिडियो निर्देशनको भूमिकाले पनि आउँदा दिनमा यस क्षेत्रमा उज्वल्ता देख्न सकिन्छ ।

आठ बजे जान्छ बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया