जोडि नयन सँग भुतुक्कै हुन्छु’– गायक राजु लामा

इनेप्लिज २०७४ फागुन १३ गते १६:३६ मा प्रकाशित
रोशन मेवाहाङ्ग –
लण्डन । मंगोलियन हटका गायक  राजु लामाको नयाँ म्युजिक भिडियो ‘एक जोडी नयन’ बोलको म्युजिक भिडियो सामाजिक संन्जाल युट्युब मार्फत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा पहिलो भेट मै एक जोडी नयन सँग भुतुक्कै भएर आफना मन मुटुलाई उनकै शहरमा छोडेर जाने प्रतिज्ञा सँग सँगै नाच्यौं ,गायौं , रमायौं दुई दिन आउने पाहुनालाई मुटुमा सजायौं भन्दै गीतकार सुरेन लिम्वुले मैझारो मारेका छन् ।

पछिल्लो समय अमेरिका बसोबास गरिरहेका गायक लामाले एक जोडी नयन बोलको उक्त भिडियोलाई प्रेम-दिवशको अवसर पारेर सार्वजनिक गरिएको बताए ।

सुरेन लिम्बुको शब्द रहेको एक जोडी नयनमा राजु लामाको संगीत तथा फणिन्द्र राईको एरेन्जमेन्ट  रहेको छ भने भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन । सन्जित श्रेष्ठले खिचेका भिडियोलाई बिक्रम अधिकारीले सम्पादन गरेका हुन् ।  गायक लामाको फिचरिङ रहेको भिडियोमा मोडल बबी लामा र किरण नगरकोटीको साथमा अरुणा योञ्जनले अभिनय गरेका छन् ।
गायक लामा गीत संगीतमा मात्र सिमित नभएर समाज सेवामा पनि उतिकै जागरुक छन् । उनको राजु लामा फाउन्डेसन मार्फत विभिन्न सामाजिक सेवामा कामहरु गर्दै आएका छन् । नेपालमा  धेरै सांगीतिक व्याण्डहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाईलाई असत्य साबित गर्दै  ब्याण्डले आगामी बर्ष भव्य कार्यक्रम गरी ‘सिल्भर जुव्ली’ मनाउने तयारी भईरहेको जानकारी दिए ।

मंगोलियन हर्टका मुख्य भोकलिस्ट राजु लामाका गीतहरु सबै लोक प्रिय नै छन् जस मध्ये ‘बादल पारिको देशबाट’ ‘हल्ला चलेछ’, ‘नतानुँ त तानुँ ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘गाजलु टीका’ , ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, लगायत गीतहरुले नेपाली सांगीतिक आकाशमा सर्वाधिक चर्चा पाईरहेका छन् ।

प्रतिक्रिया