नेपला अमेरिका पत्रकार संघ नेजाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७४ फागुन १८ गते ३:०० मा प्रकाशित

 

प्रेस विज्ञप्ति २०७४।११।१७
सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको उमेर र शैक्षिक योग्यताका सम्बन्धमा संचार माध्यमहरुमा प्रकाशित विषयलाई लिएर सर्बोच्च अदालतले गरेको आदेशप्रति नेपाल अमेरिका पत्रकार संघ(नेजा) को ध्यानाकर्षण भएको छ । प्रधान न्यायाधीश पराजुलीका सम्बन्धमा समाचार प्रकाशित भएको विषयलाई लिएर कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि स्वयम् प्रधान न्यायाधीश पराजुलीको एकल इजलासले पत्रकारलाई अदालतमा उपस्थित गराउने आदेश र प्रेस काउन्सिललाई प्रधानन्यायधिशको नागरिकताको विषय जोडिएका समाचारहरु पुन प्रकाशनमा समेत रोक लगाउन दिएको आदेशले संविधानको मूल मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत भएको भन्दै नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाले यसको विरोध गरिरहेका छन् ।

यसमा नेपाल अमेरिका पत्रकार संघ नेजा एकबद्धता जाहेर गर्दछ । सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशनरप्रसारण गर्नुपूर्व लगाइने बन्देज प्रिसेन्सरसीप हो । यसले स्वतन्त्र पत्रकारीका अवधारणलाई कुण्ठित गर्न खोजेको छ । नेपाल अमेरिका पत्रका संघ नेजा प्रेस सोतन्त्रताको पक्षमा रहेका संघ संस्थाको पछिल्ला कदमको सह्राना गर्दछ । सर्वोच्च अदालतले प्रेस स्वतन्त्रा विरोधि आफ्नो निर्णयमा पुनर विचार गरोस भन्ने नेजा आग्रह गर्दछ |

तोया दाहाल
महासचिव, नेपला अमेरिका पत्रकार संघ नेजा
Nepal America Journalists’ Association (NEAJA), USA

प्रतिक्रिया