बिहीबार, असार ७ २०७५ | Thu, June 21, 2018
नेपालको समय: २०:१५ | Washington DC: 10:30

NWGN क्यालिफोर्नियाले यो बर्ष पनि महिला दिवास मनाउने

कृष्ण के सी/सान फ्रान्सिस्को
Nepali Women’s Global Network (NWGN) को क्यालिफोर्निया च्याप्टरले बिगत देखि नै गर्दै आएको अन्तराष्ट्रिय महिला दिवस यो बर्ष पनि भब्य रुपमा मनाउने तयारी गरेको छ।

संस्थाको यो बर्षको लागि महिला दिवस कार्यक्रमकी संयोजक प्रिश्कीला प्रधान दाहालले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गर्नुभएको छ। त्यसैगरी संस्थाकी अध्यक्ष सुस्मिता सिजापतिले यो सबैको साझा अभियान भएकोले सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउँदै सबैलाई उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ।

विश्वका धेरै देशहरुमा मनाइने अन्तराष्ट्रिय महिला दिवस यो पटक १०८ औं हो। अन्तराष्ट्रिय महिला दिवस २०१८ का लागि Press For Progress भन्ने नारा तय गरिएको छ। NWGN को यो कार्यक्रम सान फ्रान्सिस्को स्टेट यूनिभर्सिटीको International and Multicultural Education की डिन, प्रोफेसर सबनम कोइराला आजाद प्रमुख अतिथि हुनुहुन्छ।

कार्यक्रम:

Date: March 10, 2018
Time: 5:00 pm – 11:00 pm
Venue: 1575 Holt Ave, Los Altos, CA 94024
Ticket: $20.00 (Including dinner)
Free entrance for children under 11

 

२०७४ फागुन १८ गते ३:०६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी