यसकारण छबिराजको अन्तिम फिल्म हो ‘मंगलम’, फिल्म चल्नेमा निर्देशक ढुक्क, हेर्नुस् (भिडियो अन्तरबार्ता)

इनेप्लिज २०७४ फागुन १९ गते १७:५९ मा प्रकाशित
ईटहरी/ फिल्म प्रदर्शनको नजिकै आइपुग्दा फिल्म मंगलम टीम केही दिनअघि ईटहरी प्रचारमा ईटहरी आईपुगेको थियो । फिल्मका कार्यकारी निर्माता छबि राज ओझा, निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, नायिका शिल्पा पोख्रेल प्रचारमा सामेल थिए । मंगलममा कार्यकारी निर्माताको रुपमा रहेका छबिराज ओझाले यो आफ्नो चलचित्र अन्तिम हो भन्ने हल्लाको विषयलाई प्रस्ट्याएका छन् । त्यस्तै कुराकानीकै क्रममा निर्देशक नवल नेपालले फिल्म चल्ने र दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको बताएका छन् । हेर्नुस् छबिराज र नवल संग गरिएको कुराकानी ।
फिल्म मंगलम यहि फाल्गुन २५ मा रिलिज हुदै छ । फिल्म क्षत्रको बाघ मानिने निर्माता छवि राज ओझाले निर्माण गरेको फिल्म मंगलमको पर्ख पर्ख बोलको गीत निकै सफल भैसकेको छ । उक्त गीतले युटुबमा लाखौ पटक हेरिएको छ । फिल्मलाई नवल नेपालले निर्देशक गरेको हुन भने पुस्प खड्का, सिल्पा पोखरेल, पृथ्वी राज प्रसाईं, मिथिला शर्मा लगायतको मुख्य अभिनय रहेको छ । निर्माताको रुपमा सिल्पा पोखरेल रहेकी छिन । कार्यकारी निर्माता छबिराज ओझा हुन भने गोविन्द फुयालले लेखेको फिल्मलाइ कल्पित घिमिरेले खिचेका छन ।
हेर्नुस फिल्मका नायक पुष्प र नायिका शिल्पा संग गरिएको रमाइलो कुराकानी :

प्रतिक्रिया