बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: २०:२५ | Washington DC: 10:40

कोलोराडोमा होली सम्पन्न

नातिबाबु भट्ट

मार्च ३, २०१८
कोलोराडो, अमेरीका
कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन हिन्दु मन्दिरमा आयोजित कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, कलाकार, पत्रकार तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा नेपाली घरका अध्यक्ष लक्षुमण रानाले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य प्रकास पारेका थिए । कार्यक्रममा पंण्डित जिवन बरालले विषेश पुजा सहित होलीको महत्व उल्लेख गर्दे उपस्थित सबैलाई टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए ।

त्यसपछि मंन्दिरको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न किसिमका रंग लिएर आ–आङ्खना दौतरिहरुलाई लगाउन व्यस्थ देखिन्थे । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भएपनी नेपालीहरु आÏनो संस्कृती र चाडपर्ब को जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा होलीसुरु भएको मानिन्छ ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्र≈माबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आङ्खनो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।

यि र यस्ता हिन्दु संस्कृती तथा परंपरा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्यमाथी सत्यको विजय स्वरुप भएको खुसियालीमा यो पर्व मनाईने चलन रहेको छ । आज संम्पन्न भएको फागु कार्यक्रममा उपस्थित सबै बालक हुन वा बृद्ध, यूवा यूवती सबै आ आÏना दौतरीका साथ रंग लगाएर खुशी साट्न व्यस्थ देखिन्थे ।

सोही कार्यक्रममा नेपालीहरुको भेषभुषा र संस्कृती झल्कने नेपाली घर निर्माणको लागी नेपाली घरका संस्थापक सदस्य राजेन्द्र शर्माले कोलोराडोमा नेपाली घर निर्माण सम्पन्न नभए सम्म दिनको एक डलर सहयोग गर्ने घोषणा गर्दै आज नेपाली घरका कोषाध्यक्ष जगदिशचन्द्र ढकाललाई मार्च महिनाको ३१ डलरको चेक हस्तान्तरण गरेका थिए ।

अपरान्ह १२ बजे देखी सुरु भएको कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाली घरका महासचिव निर्मल श्रेष्ठले सबैलाई स्वागत गरेका थिए भने, अध्यक्ष रानाले आगामी अप्रिल महिनाको २७ तारिक देखि मे को ५ तारिक सम्म आयोजना गरिन लागिएको सप्ताह कार्यक्रममा सहभागीहुन सबैलाई अग्रीम निमन्त्रणा गर्दै कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

 

२०७४ फागुन २० गते ४:०१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी