बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: २०:०८ | Washington DC: 10:23

कोलोराडोमा जातिभेद रंगभेदबिरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईने

जातिभेद विरुध्द बिश्व मंच (Global Forum against caste based discrimination) ले सधै झै यस वर्ष पनि International day for the Elimination of racial discrimination (अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस) का अवसरमा जातिभेद अन्त्यका लागि अन्तर्राष्ट्रिय कानूनी प्रवाधान बिषयक १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा कोलोराडो राज्यका सरकारका नागरिक अधिकार बिभाग प्रमुख आबरी लिनिसा (Abery Linisa), अरौरा नगरपालिका अध्यागमन तथा अन्तर्राष्ट्रिय मामला प्रमुख रिकदो गामटा (Recardo Gamtta) , अफ्रिकन कम्युनिटी सेन्टरका प्रमुख मेलिसा थिसेन (Melisa Theesen) को बिशेष उपस्थिति रहने छ ।

त्यसै गरी कोलोराडोमा रहेका नेपाली समुदायका लागि कार्यरत बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहने छ । यसै गरि उक्त कार्यक्रममा नेपाल, भारत तथा अन्य दक्षिण एसियामा जातको आधारमा हुने गरेका विभेदका घटनाहरु र अन्यका लागि गरिएका प्रयासहरुका बारेमा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ ।

विश्वमा हुने गरेका रंगभेद बिरुद्ध संयुक्त राष्ट्रसंघले १९६९ देखिनै पहल कदमी शुरु गरि १९७१ मा रंगभेद बिरुध्द अन्तर्राष्ट्रिय अभिसन्धी पारित गरिसकेको छ । उक्त अभिसन्धिमा विश्वका अधिकांश राष्ट्रहरुले हस्ताक्षर गरि पक्ष राष्ट्र बनेका छन् । संयुक्त राष्ट्रसंघमा यो बिषय हेर्ने बिषयगत समितिहरु समेत कार्यरत भएता पनि अझैसम्म पनि विश्वमा २६० मिलियन मानिसहरु जातीय बिभेदको मारमा परि दोस्रो दर्जाको नागरिकको रुपमा जीवन बिताई रहेका छन् । यिनै बिषयहरुमा अन्तर्राष्ट्रियस्तरमा कार्यरत ग्लोबल फोरमले आयोजना गरेको यस कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । ग्लोबल यस्तो कार्यक्रम बिगतमा मेरिल्याण्ड र कोलोराडोमा आयोजना गरेको थियो ।

२०७४ फागुन २३ गते ११:१७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी