सपना र पुतलीको बाजा बजाउने को ? जुन गाजाबाजा फिल्ममा देखिदैन, हेर्नुस् (भिडियो अन्तरबार्ता

इनेप्लिज २०७४ फागुन २४ गते १०:५२ मा प्रकाशित
ईटहरी/ भोलि अर्थात फागुन २५ गतेबाट प्रदर्शनको तयारिमा आउन लागेको फिल्म ‘वाजाबाजा’ले बल्लबल्ल सेन्सर पास पाएको छ । निकै लामो समयदेखि विभिन्न झमेलामा फसेको गाजाबाजाले अन्ततः १६ बर्ष भन्दा मुनिको दर्शकहरूले हेर्न पाउने गरि एडल्ट ‘A’ सर्टिफिकेट पाएको हो । सर्टिफिकेट पाए पश्चात् पहिलो पटक अन्तरबार्तामा देखिएका निर्देशक गणेश देब पाण्डे, नायक द्वय अम्बर सुवेदी र रबिन थापा निक्कै खुसी देखिएका छन । युवापुस्तालाई लक्षित गर्दै निर्माण गरिएको ‘गाजाबाजा’ मा केही अश्लील सब्दहरु हाबी छन् । हेर्नुस् यिनै ३ जना संग गरिएको रमाईलो कुराकानी
त्यसैले पनि यो फिल्मले एडल्ट सर्टिफिकेट पाएको हो । फिल्मलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्म पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीको भनाई छ । फिल्मले गाँजा खाने दुई पात्रको कथा बोल्छ । यो फिल्ममा अनुपम शर्मा, शुशील सिटौला, उद्दव भट्टराई, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।

प्रतिक्रिया