बोस्टनमा नारी दिवस भव्यता को साथ मनाइयो

इनेप्लिज २०७४ फागुन २५ गते २:४२ मा प्रकाशित

अन्तर राष्ट्रिय नारी दिवस बिगत बर्षहरुमा जस्तै  यस बर्ष पनि एनडब्लुजीएन इंगल्याण्ड शाखाले भब्यताको साथ मनाएको छ । अन्तर राष्ट्रिय महिला दिवस मार्च ८ तारिख बिश्व भर मनाईने भएता पनि नारी दिवस पूर्व सन्ध्या मार्च ४ तारिख मनाइएको छ ।

बोस्टन स्थित एमआइटि को भवन स्थित सभा मण्डपमा आयोजित कार्यक्रममा बोस्टन क्षेत्र वरपरका विभिन्न संघ/संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एनडब्लुजीएन इंगल्याण्ड शाखा कि अध्यक्ष निर्मल शेरचन को अनुपस्थितिमा अन्य सदस्य तथा एनडब्लुजीएन कि केन्द्रिय अध्यक्ष रुक्मिणी कार्कीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि एनआरएन अमेरिका कि संचालक समिति निर्देशक तृष्णा काफ्ले पानसमा बत्ती बाली कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । कर्यक्रममा एनडब्लुजीएनका सदस्यहरु रीता राणा ,शान्ती जोशी ,जमुना श्रेष्ठ ,रुक्मिणी कार्की तथा सुदिना श्रेष्ठले राष्ट्रिय गान गाएका थिए ।

उक्त राष्ट्रिय गान गाउदा उपस्थित दर्शक तथा सहभागीहरु भाव बिभोर भएका थिए । स्वागत मन्तब्य उप सभापति शान्ति जोशी ले गरेकी थिइन् भने स्वास्थ्य ,घरेलु हिंशा ,आक्रमण जस्ता बिषयमा शाखा भित्र तथा शाखा बाहिरका प्रतिनिधिहरुले प्रस्तुति ” पावर पोइन्ट ” द्वारा जानकारी प्रदान गरेका थिए ।

एनडब्लु जी एन कि अध्यक्ष रुक्मिणी कार्कीले संस्थाको संक्षिप्त परिचय दिदै २०१७ /२०१८ को कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् । साहित्यिक तथा सांस्कृतिक कार्यक्रमले समारोह अझ बिशेष बनेको थियो ।

कार्यकममा ६५ बर्ष उमेर पुगेका महिलाहरुलाई यस बर्ष पनि प्रमुख अतिथि काफ्लेले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । धन्यबाद ज्ञापन संस्था कि उप सभापति कल्पना श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम संचालन इंग्ल्यान्ड शाखा कि सदस्य अन्जना उपाध्यक्षले गरेकी थिइन् ।

प्रतिक्रिया