दुनियाँ नै चकित पर्ने लालबाबुको भनाइ “क्यालकुलेटरले हैन दिमागले हिसाब निकाल्ने शिक्षा दिनुपर्छ” [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७४ फागुन २७ गते १३:१८ मा प्रकाशित
पिएनपिखबर। पूर्व सामान्‍य प्रशासन मन्त्री लालबाबु पण्डितको जन्म २०१५ मंसिर १९ मा सर्लाहीमा भएको थियो। पाल्पाको तानसेन स्थित पद्मपब्लि बहुउद्देश्य हाइस्कुलबाट एसएलसी पास गरेका पण्डित २०३५ सालमा बालाजु औधोगिक क्षेत्रको यन्त्रशालामा प्रविधिक जागिर गरेका थिए। औधोगिक क्षेत्रमा काम गर्दै पार्टी सगठनको काम गर्ने क्रममा पटक पटक पक्राउ परेपछि २०३९ सालमा मोरङ पुगेर राजनीति गरेका थिए।
 
भूमिगत समयमा श्रवणकुमार र रामेश्वर रायका नामले चिनीने पण्डित २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङबाट संसदमा निर्वाचित भएका थिए।२०६४ मा भने उनी समानुपातिक कोटाबाट संबिधान सभाको सदस्य बने। २०७० मा सभासद नभइकनै शुसिल कोइरालाको नेतृत्वमा बनेको सरकारको सामन्य प्रशासन मन्त्री बनेका थिए।
 
पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका थिए लालबाबु पण्डित। लालबाबु पण्डित नेकपा (एमाले)का नेता हुन्। उनी भूमिगतकालदेखि नै उक्त पार्टीसँग आवद्ध रहँदै आएका छन्। तर, केहि वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उनी दुइवटा कुराले एकाएक चर्चाका पात्र बने।
 
पहिलो थियो ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा। यसले विशेषगरी डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबास पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो। त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे। यसले ठूलो बहस पनि निम्त्याएको थियो। त्यसैले हत्तपत्त चर्चामा नआउने सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री भइकन पनि लालबाबु त्यतिबेलाको मन्त्रीपरिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुगेका थिए।
 
नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्र बन्नका निम्ति लालबाबुलाई उनको अर्को कदमले पनि सघाएको थियो। त्यो हो, मुलुक कठीन राजनीतिक मोडबाट गुज्रिएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री लालबाबु पण्डितका दृष्टिकोण। पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र ब्यक्तगरेका विचारहरु मधेसकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो। विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समूदायहरुलाई जोड्ने सेतू बन्ने प्रयास गरेका थिए। पण्डितका तत्कालीन भनाइहरुले उनलाई चर्चाको केन्द्रमा ल्याइदिएको थियो।
 
यो बाहेक सरल व्यक्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो। साइकल वा ट्याम्पुमा यात्रागर्ने यी हँसमुख व्यक्तिका रुपमा पनि उनी चिनिने गर्दछन् ।
 
लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै भेटिए। यी सबैले लालबाबुमा संझौताहीन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको ब्यक्तित्व अगाडि ल्याएको रहेछ।
 
यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुलाई थुप्रै कार्यक्रममा बोलाइने गरिन्छ। त्यस्तै भक्तपुरको एक प्रख्यात बिद्यालय १२ औ वार्षिक उत्सवमा निमन्त्रित पण्डितले आफ्नो कडा मन्तब्य व्यक्त गरेका थिए। मन्तब्यमा उनले विद्यार्थीलाई अझै कसरी शिक्षा क्षेत्रमा सबल र सक्षम पर्न सकिन्छ र शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्ने कुरा व्यक्त गरेका छन्।

प्रतिक्रिया