आन्वा नारी दिवसमा बोक्सी भनि निर्घात पिटीएकि राधा चौधरीको चर्चा र वक्ताहरुको आक्रोश

इनेप्लिज २०७४ फागुन २७ गते २३:४५ मा प्रकाशित

 

विजय थापा , ,मार्च ११ ,सन् २००५ मा स्थापित अमेरिका नेपाल महिला संघ (आन्वा)बृहत वाशिंगटनले अन्तर्राष्ट्रिय महिला दिवस एकल रुपमा बिगत बर्ष झैँ मनाएको छ । स्थापना काल देखि नै महिला सम्बन्धि बिशेष कार्यक्रम गर्ने आन्वाले सुरु गरेको महिला दिवस अन्य संस्थाले पनि आयोजना गरेकोमा खुशी व्यक्त गरेको छ ।

कार्यक्रम संचालिका ,महिला अधिकारकर्मी तथा आन्वा कि पूर्व अध्यक्ष माधवी कार्की बस्नेतले आन्वाले महिला दिवस मनाउने बिशेष कारण छ भन्दै बेइजिङ्ग विश्व सम्मेलनमा सहभागी भएका आफू ,पूर्व अध्यक्ष बिष्णु कुमारी थापा तथा सुनिता सिवाकोटी लगायतहरु हाल अमेरिकामा भएको चर्चा गरिन ।

यसको साथै कार्यक्रम संचालिका माधवी बस्नेत कार्कीले राजदुत डा अर्जुन कुमार कार्की राजदुत मात्र नभई नेपालमा हुँदा मानव अधिकारकर्मी र यस बिषयमा वकालत गर्ने र थुप्रै काम गरेको बताइन ।

अधिकांश वक्ताहरुले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरी माथि ७ घण्टा सम्म निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हरेको ,ताली पड्काएको ,पत्रकारहरु समेत रमिते भएको र भिडियो खिचेको जस्ता कुराहरुले उच्च प्राथमिकताको साथ यस्ता अमानवीय क्रियाकलाप तथा २१ औ शताब्दीमा अकल्पनीय भएको ठहर गर्दै दुख व्यक्त गरेका छन ।

वक्तहरुले यो भन्दा पराकाष्ठ केहि नहुने भन्दै हामि कुन यूगमा छौ भनि प्रश्न गरे ? वक्ताहरुले अधिकाश यस्ता घटना महिला दिवस कै सेरोफेरोमा हुने समेत चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि राजदुत अर्जुन कुमार कार्की ( बिद्या वारिधि )ले समेत राधा चौधरी कुटी रहदा रमिते बनेकाहरु प्रति आक्रोस पोख्दै महिला दिवसको ईतिहास बारेमा चर्चा गरे । यसै गरि आन्वा कि पूर्व अध्यक्ष बिष्णु कुमारी थापाले मिटु अभियानको बारेमा चर्चा गरिन ।

अन्य वक्ताहरुमा डिसी क्षेत्र कि अधिवक्ता बन्दिता शर्मा दाहालले आफु किशोर अवस्थामा ज्यादा बोल्ने र तर्क दिने भएकोले घर परिवारले आफुलाई वकिल बनाउनु पर्छ भनेको सम्झना स्मरण गराईन । र ,उनले अगाडी भनिन र भाग्यवस आफू अधिवक्ता बनेकोमा हर्ष व्यक्त गरिन । उनले मिटू अभियानको बारेमा समेत संक्षेपमा चर्चा गरिन ।

यसै गरि संचारकर्मी विजय थापाले फरक रुपमा गीत गुण गुनाउदै र एक पुरुषले महिलालाई बचाऊ गरेको घटना सुनाउदै नारी दिवस को प्रसंग लाई जोड्दै नारी दिवस प्रति सम्मान व्यक्त गरे । र उनले कैलालीमा घटेको घटना प्रति तमासेहरु प्रति समेत दुख ब्यक्त गरे ।

यसै गरि युवा किशोरीहरु तथा अन्य वक्ताहरुले अन्तर राष्ट्रिय महिला दिवा सम्बन्धि आफ्ना महत्वपूर्ण विचार तथा कुराहरु राखेका थिए । कार्यक्रमको समापन संस्थाकि अध्यक्ष विजया शाहले गरेकी थिइन् ।

सन् २००५ मा स्थापितअमेरिका नेपाल महिला संघको मुख्य उदेस्य विभिन्न सामाजिक क्रियाकलाप गर्दै यस भेकमा रहेका नेपाली समुदाय तथा नेपाली महिलालाई सामाजिक अन्तरक्रिया गराउनु तथा सामजिक क्रियाकलाप मार्फत महिला सशक्तिकरण गराउने प्रकारका कार्यक्रम ल्याउनु रहेको छ l

यसको साथै यस संस्थाले नेपालका बिद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने उद्देस्यले बर्षमा दुई पटक नियमित रुपमा आँगन बिक्रि (यार्ड सेल ) गर्दै आएको छ l

प्रतिक्रिया