नेपाल पत्रकार महासंघ शाखा बेलायतले २० जना सदस्यलाई मात्र सदस्यता दिने

इनेप्लिज २०७४ फागुन २८ गते २:०२ मा प्रकाशित

रोशन मेवाहाङ्ग–

लण्डन,फाल्गुण २८ । फार्नवरोस्थित मगर संघ वेलायतको सभाहलमा नेपाल पत्रकार महासंघ शाखा वेलायतको कार्यसमिति बैठकले २० जना नयाँ सदस्यहरुलाई मात्र सदस्यता दिने निर्णय गरेका छन् ।

५१ जना नयाँ सदस्यहरुले सिफारिस दिए पनि नेपाल पत्रकार महासंघ वेलायत शाखाको विधान २०१५,नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको विधान २०६० र वैदेशिक शाखा नियमावली २०६७ को नियमावली अन्र्तगत नयाँ सदस्यता प्राप्त गर्ने विधि र कागजात पुरा नभएका कारण ३१ जना नयाँ सदस्यहरुको सिफारिसलाई थप छानविन पछि सदस्यताको निर्णय गरिने बैठकले पारित गरेको छ ।

कार्यक्रमका अध्यक्षता शाखा अध्यक्ष नरेश खपाङ्गीले गरेका थिए भने शाखा महासचिव लिलामान शेरपुन्जाले कार्यक्रम संन्चालन गरिएको बैठकमा उपस्थित कार्यसमितिका पदाधिकारीहरुलाई उपाध्यक्ष श्याम लुईटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चयले फोन मार्फत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत गर्दै सयौ शाखाहरु मध्ये वेलायत शाखा एउटा नमुनाको रुपमा उदाहरणीय बनिरहेको उल्लेख गरेका थिए ।

उक्त बैठकका लागि मगर संघ बेलायतले बैठक कक्ष उपलव्ध गराई दिएकोमा मगर संघका पूव अध्यक्ष,साहित्यकार तथा बरिष्ठ पत्रकार दूत पुनलाई अध्यक्ष खपाङ्गीले खादा लगाएर सम्मान गरेका थिए । त्यसै गरी बरिष्ठ पत्रकार पुनले कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई मगर संघको लोगो अंकित खादा लगाउदै मगर संघको बैठक कक्षमा स्वागत गरेका थिए ।

शाखा वेलायतको अधिवेशन समय गराउन नसकेको भन्दै केन्द्रमा उजुरी कस्ले गरेको भन्ने बारेमा केन्द्रमा पत्र पठाउनले समितिले निर्णय गरिएको छ । कार्यसमितिको बैठकमा शाखाका सल्लाहकार नविन पोखरेल र हरि गुरुङ्ग समेत उपस्थित रहेका थिए ।

आईतबार विहान १० बजे सुरुवात गरिएको उक्त बैठकको पहिलो एजेन्डा ६२ जना पुराना सदस्यहरुको नविकरण सम्बन्धि महासचिव शेरपुन्जाले प्रस्तावना राख्दा करिब ३ घण्टा छलफल गर्नु परेको थियो । बैठकमा पत्रकार ध्रुव अर्यालले कतिपय पुराना सदस्यहरु सक्रिए नदेखिएको भन्दै नविकरण गर्न नहुने अडान गरेका कारण बैठक लम्विएको थियो । करिब दिउँसो ४ बजे कार्यसमितिका पदाधिकारीहरु लगायत अध्यक्ष खपाङ्गीको सर्वसम्मतिले ६२ जनै पुराना सदस्यहरुको नविकरण गरिने निर्णय गरियो ।

अधिवेशन सम्बन्धमा व्यापक रुपमा छलफल हुदा आगमी मे १९ तारिख सनिबारका दिन चौथो अधिवेशन अल्डरसटमा गरिने निर्णय गरिएको हो । सो अधिवेशनमा प्रखुम अतिथिका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चयलाई निमन्त्रणा गरिने समितिले निर्णय गरेका छन् ।

नयाँ सदस्यताका लागि निवेदन दिएका देहाय बमोजिमका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ शाखा बेलायतको सदस्यता दिने निर्णय गरियो । उक्त पत्रकारहरुको नामवाली यस प्रकार रहेको छ ।

१, मंन्जु खरेल भण्डारी

२, जानु काम्बाङ्ग लिम्वु

३, संकर श्रेष्ठ

४, प्रकाश गुरुङ्ग

५, विसन गुरुङ्ग

६, समल कुमार गुरुङ्ग

७, बम बहादुर थापा

८, जय राम तामाङ

९, लाल बहादुर पुन

१०, ओम प्रकाश थापा काउछा

११, खुम बहादुर (कुमार) केसी

१२, जगन नाथ कार्की

१३, गुन देव घिमिरे

१४, प्रकाश अर्याल

१५, डा नरेश चन्द्र राई

१६, भुमिराज राई

१७, भिमल राई

१८, खेमराज रानाभाट

१९, हेमन्तराज पौड्याल

२०, रुद्र ढकाल

प्रतिक्रिया