हेर्नुहोस यसरी विमानस्थलमा रहेका विमान सहित पुरै विमानस्थलनै सखाप हुनबाट जोगियो(रिपोर्ट)

इनेप्लिज २०७४ फागुन २९ गते १०:१९ मा प्रकाशित
 त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एउटा मात्रै धावनमार्ग (रनवे) छ । सो रनवेका दुईवटा ‘हेडिङ’ अर्थात मुखहरु छन् । संसारभरिका जुनसुकै एयरपोर्टमा पनि एउटा रनवेका दुईवटा ‘हेडिङ’ हुन्छन् । र, दुबै हेडिङबाट विमान उडान वा अवतरण गर्न सकिन्छ । यसअर्थमा नेपालको विमानस्थलमा पनि दुबैतिरबाट अवतरण गर्न पाइन्छ, एउटा मात्रै मुखबाट अवतरण हुनुपर्छ भन्ने छैन ।
युएस बंगला विमानबारे एकजना अनुभवी नेपाली पाइलट  भन्छन्- ‘एयर ट्राफिक कन्ट्रोल रुम र चालकसँगको सम्वादमा चालकले ०२ बाट ट्राफिक जाम भएको अवस्थामा पशुपति क्षेत्रतर्फको रनवे २० हेडिङबाट अवतरण गर्न अनुमति मागेको सुनिन्छ । र, त्यहाँबाटै भए पनि अवतरण गर्न पाइने अनुमतिसमेत दिइएको समेत सुनिएको छ । त्यसरी अनुमति पाएको अवस्थामा ०२ वा २० जहाँबाट पनि अवतरण गर्दा पनि फरक पर्दैनथ्यो ।’
तर हिजो त्रिभुवन विमानस्थल ठुलो संकटबाट पार पायो नेपाल वायुसेवाको  ह्याङगरमा जहाज ठोकीन लागेको थियो.उक्त  ह्याङगरमा विमान ठोक्किएको भए पार्किङमा रहेका विमानहरुमा ठूलोे क्षति पुग्ने थियो । ती विमान र फ्युलमा आगो लागेको भए त्रिभुवन विमानस्थलमा भयंकर क्षति हुने थियो. विमानस्थलमा रहेको केहि पनि बच्ने थिएन.भिडियोमा हेर्नुहोस

प्रतिक्रिया