विगत ६ महिना देखि अस्पतालमा उपचाररत बिक्रम बिकलाई आर्थिक सहयोग हस्तान्तरण, छोरा बचाई दिन बाबुको यस्तो हृदयबिदारक अपिल [भिडियो सहित]

इनेप्लिज २०७४ फागुन २९ गते १०:३७ मा प्रकाशित

 

पिएनपिखबर,
भक्तपुर, २९ फागुन : आर्थिक अभावको कारण उपचारमा समस्या भइरहेको अवस्थामा पिडित बिरामी बिक्रम बिकले उपचारार्थ आर्थिक सहयोग पाएका छन। लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका गोर्खा जिल्ला सहिद लखन गाउँपालिका वडा नम्बर १ का मान बहादुर बिकका छोरा बिक्रम बिकको गत भदौ २ गते दुर्घटनामा परि सख्त घाइते भइ उपचारको लागि हेल्पिंग ह्याण्ड अफ चिल्ड्रेन वार्किंग युकेबाट दिनेश अर्यालको पहलमा केहि रकम आर्थिक सहयोग प्रदान गरिएको हो ।

रकम हस्तान्तरणको समयमा सहयोगका हात अगाडी बढाउनु भएका अन्य ३४ जना महानुभावलाई समेत सहयोगी बुद्धि बहादुर अर्यालले बिशेष धन्यवाद दिनुभयो। साथै अर्यालले सहयोगी संस्थाहरु सयपत्री नेपाली कल्चर ग्रुप युके र वर्किंग सोसियल ग्रुप युकेलाई बिशेष धन्यवाद दिनुभयो ।

उपचाररत बिकको गत भदौमा ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका थिए । ट्रकवालाले ३ लाख रकम क्षतिपुर्तिको लागि दिएतापनि सम्पूर्ण उपचारको लागि रकम पर्याप्त नहुँदा बिक परिवार यतिबेला समस्यामा छ। सुष्मा मेमोरियल अस्पतालमा ५ महिना उपचार गरेतापनि घांटीमा स्पाइनल कर्डमा धेरै चोटपटक लागेको कारण उठ्नपनि नसक्ने अवस्था भएको कारण उनलाई स्पाइनल इन्जुरी अस्पतालमा फिजियोथेरापी गर्नको लागि लागिएको छ। ३ महिना फिजियोथेरापी गरेपश्चात पुनः सुष्म मेमोरियलमा नै उपचार प्रक्रिया अघि बढ्ने उनका बुबा मानबहादुर बिकले जानकारी दिनुभयो।

‘मलेसिया गएर कामाएको १५-१६ लाख रुपैया पनि सकियो। गीत गाउदै घर चलाउने गरेको मेरो छोरालाई पूर्ण रुपमा ठिक हुन अझै ८-१० लाख लाग्छ, कसरी जोहो गर्ने हो ? मेरो छोराको जीवन बचाइदिइ सामान्य जीवनयापन गर्न सहयोग गरिदिनुहुन सहयोगी मनहरुमा विनम्र आग्रह गर्छु’ विक्रमका बुबा मानबहादुर बिकले आँखाबाट आँशु झार्दै भने। उनले स्पाइनल इन्जुरीबाट उपचारार्थ १ लाख रुपैया सहयोगस्वरुप पाएको समेत जानकारी दिए ।

धर्म गर्नलाई कुनै मन्दीर धाउनुपर्दैन, दिनदुखीलाई सहयोग गर्नु नै मानवीय धर्म हो । पिडित बिक परिवारलाई यदि तपाई पनि आफ्नो सहयोगी हात अगाडी बढाउन चाहनुहुन्छ भने ९८५६०५६१३९ नम्बरमा सम्पर्क गरि आर्थिक सहयोग गर्न सक्नुहुनेछ। यथाशक्य सहयोग गरिदिनुहुन पिएनपिखबर परिवार तपईहरुसमक्ष बिनम्र अनुरोध गर्दछौ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया